• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सिंहदरबारबाट पक्राउ परेका पत्रकारहरु रिहा

काठमाडौं । सिंहदरबारबाट पक्राउ परेका पत्रकारहरु रिहा भएका छन् । उनीहरुलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरको रोहवरमा रिहा गरिएको हो ।

यसअघि सोमबार दिउँसो  रेडियो नेपालको कार्यालय परिसरबाट प्रहरीले ९ जना पत्रकारलाई पक्राउ गरेको थियो । रेडियो नेपालको कार्यालयमा तालाबन्दी गर्ने निर्धारित कार्यक्रमअनुसार रेडियो नेपालको कार्यालयअघि पुगेका पत्रकारलाई  पक्राउ गरिएको हो ।    

पक्राउ पर्नेमा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, पत्रकार महासंघका केन्द्रीय सदस्यहरू जन्मदेव जैशी, मीन बम, यम विरही लगाएत थिए । 

नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दीपायलबाट निष्कासित गरेका तीनजना पत्रकारको पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग राख्दै सिंहदरबारभित्र रहेको रेडियो नेपालमै प्रवेश गरेर धर्ना तथा प्रदर्शन गर्दै आएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर