• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अमेरिकामा भारतीय प्रधानमन्त्रीको मेगा कार्यक्रम ‘हाउडी मोदी’, ट्रम्प पनि उपस्थित हुने

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै महिना आफ्नो दोश्रो कार्यकालको पहिलो अमेरिका भ्रमणमा जाने भएका छन् । 

मोदीले २२ सेप्टेम्बरमा अमेरिकाको ह्यूस्टनस्थित एनआरजी स्टेडियममा उनको सम्मानार्थ आयोजना हुने मेगा कार्यक्रम ‘हाउडी मोदी’लाई सम्बोधन गर्नेछन् । 

यस कार्यक्रममा मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै सम्बोधित गर्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् । यस कुराको पुष्टि व्हाइट हाउसले पनि गरेको छ । 

५० हजारबढी भारतीय समुदायको उपस्थिति रहने अनुमान गरिएको सो कार्यक्रममा दुई ठूलो लोकतान्त्रिक देशका प्रमुखले एकसाथ सम्बोधन गर्नुलाई भारतले ऐतिहासिक क्षणको रुपमा लिनेछ ।

यस सार्वजनिक कार्यक्रमका अतिरिक्त मोदीले अमेरिकी कम्पनीका सीईओसँग ‘राउण्ड टेबल’ बैठक गर्ने कार्यक्रम पनि रहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राष्ट्र महासभामा भाग लिन २१ सेप्टेम्बर अमेरिका पुग्दैछन् । २३ देखि २७ सेप्टेम्बरसम्म उनले यूएनको महासभामा सहभागी हुनेछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन २०१४मा प्रधानमन्त्रीका रूपमा पहिलो पटक अमेरिका गएका थिए । त्यस बेला पनि न्यूयोर्कको म्याडिसन स्क्वायरमा उनले भारतीय समुदायले आयोजना गरेको सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका थिए । यस कार्यक्रममा कैयन अमेरिकी सांसद उपस्थित रहेका थिए ।

२०१६ मा भएको दोश्रो अमेरिका भ्रमणमा मोदीले ‘सिलिकन भ्याली’ मा आयोजित सार्वजनिक कार्यक्रममा उपस्थिति जनाएका थिए । 

ह्यूस्टनको ‘हाउडी मोदी’ कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्मिलित भएको खण्डमा यो अमेरिकी इतिहासको पहिलो घटना हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर