• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

वर्षाका कारण प्रभावित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल भोली हुने

काठमाडौं । प्रकाश दाहाल स्मृती राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल बर्षाका कारण प्रभावित भएको छ । फाइनलमा तेस्रो सेट चलिरहँदा भारी बर्षा भएपछि खेल प्रभावित भएको हो ।

बालाजु स्थित नयाँ बसपार्कमा फाइनल खेलमा आर्मी र पुलिस एक एक सेटको अवस्थामा थिए भने तेस्रो सेट चलिरहेको थियो । पहिलो सेट आर्मीले २५–२३ ले जितेको थियो भने दोस्रो सेट पुलिसले २५–२० ले आफ्नो पक्षमा पारेको थियो तेस्रो सेटमा पुलिस २१–१९ ले अगाडी रहेको अवस्थामा भारी बर्षा भएपछि खेल रोकिएको थियो ।

त्यसपछि निकै बेर भारी बर्षा भएपछि कोर्टमा पानी जमेको थियो । जसका कारण खेल संभव हुन सकेन । जसका कारण मंगलबार विहान ११ बजेका लागि सारिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर