• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

आजका समाचार हाइलाइट्स ३० भाद्र, २०७६

यसकारण कोसी उच्च बाँधको औचित्य अब सकियो

काठमाडौं । तत्कालीन कांग्रेस नेता, पहिलो जननिर्वाचित प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकै पालामा भारतले कोसी उच्च बाँध बनाउने प्रस्ताव अहिलेसम्म पनि भारतको उत्तिकै प्राथामिकताको विषय बनिरहेको छ । कोसी ब्यारेजको लाइफटाइम सकिइसकेको छ । सन् १९०८ मा बनेको ब्यारेजको आयु एक सय वर्ष हो ।

वुद्ध एयरले भन्यो,–‘एकै ठाउँ उभिएर विवाद गर्दा बढि वजन भएर विमान ढल्किएको थियो’ 
काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईका कारण उडानमा भएको भनिएको बिषयमा वुद्ध एयरले आफ्नो धारणा सार्वजनिक गरेको छ । वुद्धले सोमबार नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै काठमाडौंबाट उडान गर्दा नै ढिला भएको भन्दै उडानमा २४ मिनेट  ढिलाई भएको जानकारी गराएको हो ।

बाँके आक्रमणको घटनाका विषयमा संसदमा आरोप–प्रत्यारोप, कांग्रेसका सांसदद्वारा रोष्टम घेराउ 
काठमाडौं । बाँके घटनालाई दिएर संसदमा सत्ता पक्ष र प्रतिपक्ष सांसदबीच आरोप प्रत्यारोप भएपछि कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गरेका छन् । बैठकको सुरुमै बाँकेमा कांग्रेस नेता कार्यकतामाथि भएको आक्रमणको घटनालाई लिएर प्रशासनले किटानी जाहेरी लिएका कारण आफुहरुले सदनको अवरोध हटाएको काग्रेसका सांसदहरुले बताएमा थिए ।

सलाम कमरेड दिवाकर
उनी मेरा लागि एक साथी, एक सहिद पिता, एक कमान्डर तथा एक नेता थिए । अन्तिम सन्ध्याकालीन अनौपचारिक भेट मन र मस्तिक खोलेर बिताइयो । र, फेरि उनकै घरमा सन्ध्याकालीन बसाइ सहमत भइयो । त्यसैबेला मेरा मनमस्तिष्क छछल्किरहेका थिए र विद्रोही आभास उनले पाइसकेका थिए ।

सरकारमा रहेको उपेन्द्र यादवको पार्टीले संविधान दिवस नमनाउने 
 काठमाडौं । सरकारमा सहभागी भएको समाजवादी पार्टीले संविधान दिवस नमनाउने भभएको छ ।  सरकारका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टीले संविधान जारी भएको असोज ३ गतेलाई कुनै उत्सवका रुपमा नमनाउने निर्णय गरेको हो । 

डेंगु रोगबाट बच्न आवश्यक सूचना प्रवाह गर्न सरकारलाई सूचना आयोगको आदेश 
काठमाडौं । राष्ट्रिय सूचना आयोगले मुलुक भित्र फैलिँदो डेंगु रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आदेश दिएको छ । राष्ट्रिय सूचना आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो रोगबाट बच्न नागरिकलाई आवश्यक सूचना प्रवाहको उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश जारी गरेको हो

संसदीय समितिले सरकारको कामको नियन्त्रण नभई निगरानी गर्ने हो  सभामुख 
काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरूलाई सचेत गराएका छन् । सभामुख महराले संसदीय समितिले सरकारको कामको नियन्त्रण नभई निगरानी मात्र राख्ने भएको पनि स्पष्ट पारे । 

वर्षाका कारण प्रभावित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल भोली हुने 
काठमाडौं । प्रकाश दाहाल स्मृती राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल बर्षाका कारण प्रभावित भएको छ । फाइनलमा तेस्रो सेट चलिरहँदा भारी बर्षा भएपछि खेल प्रभावित भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर