• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पौडी खेल्न जाँदा टाउकोमा घुस्याे दिमाग खाने ब्याक्टेरिया ‘अमोइबा’, बालिकाको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्सासमा १० वर्षीया एक बालिकाको पौडी खेल्ने क्रममा एक प्रकारको ब्याक्टेरिया ‘अमोइबा’को आक्रमणमा मृत्यु भएको छ ।

‘लिली एभन्ट’ नाम गरेकी ती बालिकाको घर नजिकैको नदीमा पौडी खेल्ने क्रममा टाउकोमा मानिसको मस्तिष्क खाने ब्याक्टेरिया भनिने ‘अमाइबा’ घुसेको बताइएको छ ।

पौडी खेल्ने क्रममा नाकबाट हुँदै उनको शरीरमा प्रवेश गरेको उक्त ब्याक्टेरिया मस्तिष्कसम्म पुगेपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । सुरुमा टाउको दुख्ने र ज्वरो आउने समस्या भएपछि अस्पतालमा पुगेकी उनी अचेत भएकी थिइन् । उपचारकै क्रममा अस्पतालमा सोमबार उनको निधन भएको जनाइएको छ ।

 

मस्तिष्क नै खाइदिने ‘अमिबा’को संक्रमणका कारण उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । उनीसँगै उक्त नदीमा करिब ४० जनाले पौडी खेलेको भए पनि त्यस प्रकारको समस्या बालिकामा मात्र देखिएको थियो ।

पानीमा पाइने सुक्ष्म जीवाणु शरीरभित्र प्रवेश गरी मस्तिष्कसम्म पुग्ने र त्यसले मस्तिष्कलाई नै खाएर नष्ट गर्ने हुनाले मानिसको मृत्युसमेत हुन सक्ने चिकित्सकहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर