मुख्यमन्त्रीलाई बालबालिकाको प्रश्न : बालविवाह कहिले रोकिन्छ ? 

‘बालहिंसा कसरी मुक्त गर्ने ?’

विराटनगर । ‘बालबालिकामाथि यौनहिंसा, शोषण र उत्पीडन भइरहेपनि भएका कानून किन प्रभावकारी बनिरहेका छैनन् ?’ मोरङ बेलबारी नगरपालिकामा कक्षा ११ मा अध्ययनरत बालिकाव समिक्षा सुवेदीको प्रश्न थियो । जवाफ दिनकालागि प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे र प्रदेश योजना आयोगका अध्यक्ष सुबोधराज प्याकुरेल मञ्चमा थिए । 

समिक्षाको प्रश्नले बर्तमान समाजमा महिला र बालबालिकाको अवस्था चित्रण गरेको थियो भने भएका कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा समाजमा सुरक्षाको अनूभूति भइरहेको छैन भन्ने संकेत पनि गरेको थियो । मुख्यमन्त्री शेरधनराईले समिक्षाको प्रश्न र त्यसले उठाएका विषयहरुप्रति सरकार संवेदनशिल रहेको जवाफ दिए । उनले नागरिककालागि सुरक्षा दिनु सरकारको पहिलो दायित्व भएको र सबैलाई भयमुक्त बनाउदै अपराधमुक्त समाज निर्माणकालागि सरकार प्रयत्न गरिरहेको जवाफ दिए । 

मोरङ कटहरी गाउँपालिकाकी कक्षा १२ मा अध्ययनरत छात्रा स्मृती तिमल्सिनाले अर्को प्रश्न मुख्यमन्त्री समक्ष राखे–‘छोरीलाई १० कक्षाभन्दा बढी पढाउनु पर्दै बरु विवाह गरिदिनुपर्छ भन्ने मान्यताका विरुद्धमा सरकारले किन कार्यक्रम बनाउँदैन र यस्ता कार्यक्रम गाउँमा किन गरिदैन जहाँ चेतना आवश्यक छ ?’  
‘हामी क्रमस गाउँ जान्छौं, पहिलो पटक प्रदेश सरकारले बालबालिकासँग छलफल र अन्तरक्रियाको सुरुवात यहाँबाट गरेको हो,’ मुख्मन्त्री राईले जवाफमा भने –‘अब प्रदेशका १४ जिल्ला र गाउँसम्म पुगेर यो अभियान चलाउँछौं ।’ उनले अभाव, गरिबी, सांस्कृतिक प्रचलन आदि कारणले उमेर नपुग्दै विवाह गर्ने प्रचलन छ तर अब सबै विद्यार्थीहरु बालविवाह विरुद्धको अभियानमा सहभागि बन्नुपर्छ र कानून कार्यान्वयन गराउनुपर्ने बताए ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले मंगलबार विराटनगरमा बालबालिकासँग सरकार प्रमुख र मन्त्रीबीच प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर जुटाएको थियो । कार्यक्रममा मोरङ र सुनसरीका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाहरुले सहभागिता जनाएका थिए । उनीहरुले खुलेर आफ्ना विषयहरु सरकारका मुख्यमन्त्री र मन्त्रीहरुलाई गरेका थिए । 

साजिलाल माध्यामिक विद्यालय सुन्दरहरैंचाका विद्यार्थी मदन भण्डारीले सन् २०२५ सम्ममा प्रदेशलाई बालविवाहमुक्त बनाउने घोषणा भएपनि त्यसकालागि कस्ता कार्यक्रमहरु बनेका छन् भनेर सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई प्रश्न सोधेका थिए । अर्का बालक आदर्श अधिकारीले बाल हेल्पलाईन नम्बर प्रदेश भर विस्तार गर्ने र सबै बालबालिकाको बीचमा पु¥याउने तयारीका बारेमा सोधेका थिए ।

जवाफमा मन्त्री जीवन घिमिरेले सरल कानून तर्जुमा र त्यसलाई कार्यान्वयन गर्ने संरचनाको निर्माण गर्दै व्यापक अभियान मार्फत सन् २०२५ भित्रै बालविवाहमुक्त प्रदेश बनाउने बताए । उनले घोषणाले मात्र नहुने बरु सबैलाई अभियानमा सहभागि गराएर उद्देश्य पुरा गर्ने सरकारको योजना सुनाए । उनले जोखिममा परेका बालबालिकाको सहयोगकालागि बाल हेल्पलाइन नम्बर सबैबीच पु¥याइने जानकारी दिए । 

अन्तरक्रिया कार्यक्रममा धनपालथान गाउँपालिकाकी दिपिका कामतले बालबालिकाका लागि प्रदेश सरकारले बनाएका योजनाहरुको जानकारी मागेकी थिइन् । अन्तरक्रियामा दिपक धमला, बिनिता मण्डल लगायतले अभिभावकहरुबीचमा पनि सचेतना अभियान लगिनु पर्ने सुझाव दिएका थिए । 

बालबालिकाहरुले १८ वर्ष नपुग्दै विवाह गर्ने परिपाटी हटाउन, बालश्रम अन्त्य गर्न, दुव्र्यसनको विरुद्धमा, अपाङ्ता भएका बालबालिकाहरुको लागि र सबै बालबालिकाहरुको पक्षमा काम गर्न सरकारको आवश्यक ध्यान नपुगेको विषयमा पनि प्रश्नहरु सोधेका थिए ।  

यसैबीच सोही कार्यक्रममा बाल कलाकार गायक प्रितम आचार्यलाई सम्मान गरिएको थियो । भारतमा भएको एउटा गायन स्पर्धामा उपबिजेता बन्न सफल प्रितमलाई मुख्यमन्त्री शेरधन राई, मन्त्री जीवन घिमिरे लगायतले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर