• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

गाईभैँसीकरणी :  पक्राउ पर्दै छुट्दै शंकर, गाईभैँसी बचाउन स्थानीयलाई हैरान

फाइल तस्वीर

कञ्चनपुर । विश्वका विभिन्न स्थानमा महिलामाथी बलात्कार भएका घटना सर्वस्त्र सुन्दा पनि त्यसलाई अहिले समान्य रुपमा लिईन्छ, तर कञ्चनपुरको एक गाउँमा भने पशु चौपाया९गाई–भौँसी०माथी बलात्कारका घटना भईरहेका छन् । 

कञ्चनपुरको भीमदत्त नगरपालिका बाँगफाँटा उल्टाखाम सहित आसपासका क्षेत्रका गाईभौँसीमाथी बलात्कारका घटना भईरहेका छन् । तर, त्यो एक मानिसबाट भईरहेको छ । भीमदत्त नगरपालिका–१९ बाँगफाँटाका ४२ बर्षिय शंकर थापाले स्थानीयका छानीछानी गाईभौसीमाथी बलात्कार गरिरहेका छन् । पटक पटक गाईभौँसी करणीमा पक्राउ परेपनि उनी छुट्ने गरेका छन् । 

गाईभौँसीकरणीको मुद्दा प्रहरी मार्फत नभई सिधै आदालत मार्फत देवानी प्रकृतिको हुने भएपछि स्थानीयले आदालतमा मुद्दा दायर नगर्दा उनी जति पटक गाईभौँसीकरणीमा पक्राउ पर्छन, त्यतिपटक छुट्ने गरेका छन् । 

पशु समेत नछाड्ने यौनपिपासले मानिसलाई के नछाडेको होला रु भन्ने विषय जिज्ञासा भनेको छ । तर, केही महिलाले आफुमाथी झम्टिन आएका बेला भागेर बाँच्ने गरेको बताएका छन् । 

शंकरको त्रासले स्थानीयलाई बेहुने गाईभौँसी बचाउन हैरानी भएको छ । गाउँमा शंकरको कामले स्थानीयलाई समेत बेचैन भएको छ । स्थानीय कर्ण विष्टले उल्टाखाम, बागफाँटा क्षेत्रका स्थानीयका गाईभौसीमाथी बलात्कार गर्दै आएको बताए । चार पाँच बर्षदेखि शंकर आफ्ना लगायत छिमेकी गाउँलेका गाईभौँसीमाथी बलात्कार गर्दै आएको बताए । ‘गोठमा भएका गाईभौसी ल्याएर छोटो डोरीमा बाँधेर बलात्कार गर्छन, ‘उनले भने, ‘कतिपय स्थानीयका भौँसीगाईमाथी उनले यस्तै गर्दै आएका छन् ।’ 

चारबर्ष अघि स्थानीय मनबुझाउनी चौधरीको बेहुने गाईमाथी बलात्कार गरेपछि गाई नै मरेको थियो । उनको बेहुने गाई तुहिएर मरेको थियो । चौधरीले आफ्नो गाईमाथी यस्तो बलात्कार गरेर मर्दा समेत न्याय नपाएको दुखेसो पोखिन् । शंकरकी भाउजु लक्ष्मी थापाले मदिरासेवन गरेर घर, छिमेकी, गाउँलेका गाईगोरु बलात्कार गर्दै आएको बताईन् । ‘हामी सम्झाउँछौँ, उ मान्दैन्, गलत काम गरेर पक्राउ पर्छ, सहजै छुट्छ पनि, ‘उनले भनिन, ‘शंकरकै डरले मैले मेरा नातिनीहरु छोराबुहारीसगै भारत पठाएको छु ।’ शंकरका कारण श्रीमती, घर परिवार सहित छिमेकी गाउँले समेत हैरान भएको उनले बताईन् । लाजका कारण कतिपय महिलाले आफ्नो गाईभौसी बलात्कार गरेको बताउँदैनन्, कतै भन्दैनन् पनि । 

शंकरले राम्रो राम्रा गाईभौँसीमाथी जहिल्यै बलात्कार गर्ने र स्थानीयले रङ्गेहात पक्राउ गरेर प्रहरीलाई बुझाउँदा समेत कार्बाही नभएपछि स्थानीय झन हैरान भएका छन् । 

स्थानीय किशन चन्दले राष्ट्रिय जनावरमाथी बलात्कार हुँदा समेत सरकारले कार्बाही नगरेको गुनासो पोखे । 

‘यहाँ खुलेयाम गाई र भौसीमाथी बलात्कार भईरहेको छ, ‘उनले भने, ‘कार्बाही पनि भईरहेको छैन, फेरी छुट्दै अपराध गर्नेलाई पनि छुट दिर्ईएको छ ।’ स्थानीयले शंकरलाई कार्बाहीको माग राख्दै संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएका छन् । स्थानीयका अनुसार चारपाँच बर्षको अवधिमा शंकरले सयौँ स्थानीयका गाईभौसी बलात्कार गरेका छन् । यस्तै प्रकृतिका व्यक्तिबाट बालिका, किशोरी, महिला बलात्कारको शिकार बन्दै गएका छन् । 
महिलामाथी जबरजस्तीकरणी गर्न खोजेको र गाउँका गाई, भौसीमाथी बलात्कार गरिरहेको भन्दै उनीहरुले कार्बाहीका लागि प्रहरीमा जाहेरी दिएका हुन् ।

शंकर प्रहरी हिरासतमा छन् । कञ्चनपुर प्रहरीका प्रवक्ता नरेन्द्र चन्दले गाईभौसीकरणी सम्बन्धीका मुद्दा देवानी प्रकृतिका भएकाले सिधै आदालतमा दर्ता गर्नुपर्ने बताए । उनका अनुसार महिलामाथी भएको अभद्र व्यवहार सम्बन्धीको मुद्दा ल्याएर प्रहरीबाटै कार्बाही प्रकृया अघि बढाईने बताए । स्थानीयले गाई, भौसीमाथी बलात्कार गर्ने र महिलामाथी जबरजस्तीकरण गर्न खोज्ने शंकरलाई कार्बाही नगरिए आन्दोलनको चेतावनी दिएका छन्  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर