चाडपर्व लक्षित यातायात ब्यवस्था : प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समिति गठन

बुटवल । प्रदेश पाँच सरकारले चाडपर्व लक्षित यातायात ब्यवस्थापनमा विशेष सक्रियता बढाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सुरक्षा निकाय, सडक तथा यातायातसग सम्वन्धित सरकारी निकायदेखि यातायात ब्यवसायीहरुको बैठक राखी आवश्यक प्रबन्ध मिलाउने वातावरण मिलाएको छ । बुधवारको बैठकमा  भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले उपस्थीत सरोकारवालाहरुसग हालको अवस्थाबारे एक एक गरी जिज्ञासा राखेका थिए । सडकको अवस्था देखि सुरक्षा प्रवन्धका बारेमा जानाकारी सरोकारवालाहरुले बैठकमा गराएका थिए । 

बैठकमा सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले चाडपर्वको समयमा पहिरो, खाल्टा, खुल्टी अथवा कुनै पनि कारणले सवारी साधन रोकिने अवस्था आउन नदिन अहिल्लै देखि सरोकार वाला निकाय सचेत भएर लाग्न निर्देशन दिएका थिए । 

उनले दुर्घटना हुन नदिने गरी यातायात सञ्चालनको प्रवन्ध मिलाउन सबैको महत्वपूर्ण भुमिका हुने उल्लेख गर्दै अहिल्लै देखि प्रहरीसहित सबै निकाय लागि परेमा चाडपर्वका समयमा यात्रुहरु लुटिनेदेखि अन्य समस्या आउन नसक्ने तर्फ सचेत रहन सम्वन्धित सबैको ध्यानाकर्षण गराए । 

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले दुर्घटना हुन नदिन देखि शान्तिसुरक्षाको राम्रो प्रवन्ध मिलाउन प्रदेश सरकार लागि परेको बताए । 

कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका डिआईजी सुरेश विक्रम शाहले चाडपर्वका समयमा धेरै स्रोत र साधन परिचालन गरेर शान्ति सुरक्षा कायम गर्न विशेष ध्यान दिइने भन्दै यातायात ब्यवसायीहरुले यातायात सञ्चालन गर्दा यात्रुको विशेष ध्यान दिनुपर्ने बताए । उनले यातायात साधनमा यात्रा गर्दा भिडभाड हुने र त्यस्तो अवस्थामा यात्रुका झोलाहरुदेखि अन्य सामानहरु छुट्न नदिन यातायात साधनका कर्मचारीहरुले विशेष ध्यान दिनुपर्ने बताए । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, नवलपरासीका शम्भुप्रसाद मरासिनी तथा कपिलवस्तुका गजेन्द्र वहादुर श्रेष्ठले सीमा क्षेत्रको सुरक्षा अवस्था देखि भारतबाट आउने नेपालीहरुको शान्ति सुरक्षादेखि सहज यात्राका लागि आफूहरुले विशेष ध्यान दिने बताएका थिए । त्यस्तै उनीहरुले कानुन विपरित भाडा नलिन यातायात ब्यवसायीहरुलाई सुझाव दिदै चाडपर्वका समयमा विगतमा पाउदै आएको सुविधा कटौटीका काम गरेमा कानुन बमोजिम कारवाही गर्ने चेतावनी ब्यवसायीहरुलाई दिएका थिए । 

त्यस्तै शसस्त्र प्रहरीका डिआइजी नारायण दत्त पौडेलले प्रदेशभरका सबै जिल्लामा विशेष सुरक्षा योजना वनाएर काम गरिने बताए । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेमकुमार थापा, प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरिक्षक मधुसुदन लुइटेलले बढी यात्रु राख्ने, एउटै चालकले धेरै समय चलाउने गर्दा दुर्घटनाको संभावना बढ्ने हुदा यस तर्फ सचेत हुनुपर्ने धारणा राख्दै सबैसग मिलेर शान्तिसुरक्षादेखि यात्रा सहज बनाउन प्रहरी लागि पर्ने बताए । 

त्यस्तै कार्यक्रममा बुटवल वेलहिया ब्यापारिक मार्गका प्रमुख जिवेन्द्र मिश्रसहित विभिन्न आयोजनाका प्रमख तथा प्रतिनिधिहरुले आ आफ्ना कार्यालयका तर्फबाट सडक क्षेत्रमा भएका कामका गतिविधि राखेका थिए । 
कार्यक्रममा पश्चिम नेपाल वस ब्यवसायी प्रालिका दधिराम खरेल, पश्चिमाञ्चल यातायात ट्रकका अध्यक्ष यमप्रसाद पाण्डेले यातायात क्षेत्रका बारेमा कुरा राखेका थिए । कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव नुर मुहम्मद खा,

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेलसहित विभिन्न क्षेत्रकाको सहभागिता रहेको थियो बैठकले विभिन्न ७ वुदे निर्णय गरेको छ ।

यी हुन बैठकका निर्णयहरु
१.    यस प्रदेशभित्रका विभिन्न सडकहरुको मर्मत ,संभार र सुधार गर्ने सन्दर्भमा यस अघिको बैठकमा भएको निर्णय कार्यान्वयनको समिक्षा गरीयो । यसै सन्दर्भमा सम्बद्ध सबै निकायहरुबाट सडकको निर्माण, मर्मत सम्भार तथा सुधार कार्यलाई निरन्तरता दिई आउँदै गरेको विजयादशमी लगायतका चाडपर्वहरुमा यातायात सेवा सञ्चालनलाई प्रभावकारी बनाई सेवाग्राही एवं सवारीमैत्री वातावरण कायम राख्ने ।

२.    विजयादशमी लगायतका चाडपर्वहरु मनाउन आवतजावत गर्ने यात्रुहरुको सुविधाका लागि सडक आवागमनलाई सुरक्षित र सहज बनाउनसम्बन्धित सबै निकायहरुले आ–आफ्नो तर्फबाटपहल गर्ने ।

३.    चाडपर्वका समयमा यात्रु चाप बढ्ने हुँदा तोकिएको भाडादरमा अग्रिम टिकट बुकिङ्गको व्यवस्था तथा यातायातका साधनहरुको सहज उपलब्धताका लागि यातायात व्यवसायीहरुबाट प्रतिबद्धता गरीयो ।

४.    भारतसँग जोडिएका नाकाहरुबाट चाडपर्व मनाउन आउने यात्रुहरुलाई सुरक्षित र सहज यात्राको वातावरण तयार गर्न अन्त्तरसिमा समन्वयका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुहरुबाट व्यवस्थापन गर्र्ने ्निर्णय गरीयो ।

५.विजयादशमीको दिन यातायात सेवा सञ्चालन नहुँदा यात्रुहरुलाई आवागमनमा पर्ने समस्यालाई न्युनीकरणका लागि आवश्यक सवारी साधनको व्यवस्था गर्ने यातायात व्यवसायीहरुबाट प्रतिबद्धता गरीयो ।

६.    यातायात व्यवस्था कार्यालयहरु र सेवा कार्यालयहरुलाई आ–आफ्नो कार्यक्षेत्रभित्र सरोकारवालाहरु समेतको प्रतिनिधित्व हुने गरी यात्रु सहायता कक्ष सञ्चालन तथा अनुगमन संयन्त्र निर्माण गरी सार्वजनिक यातायात संचालनको प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिने ।

७.    देहाय बमोजिमको प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समिति गठन गर्ने निर्णय गरीयो ।
संयोजक–सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालय ।
सदस्य–सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालय ।
सदस्य–सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय ।
सदस्य –प्रमुख, प्रदेश प्रहरी कार्यालय, दाङ्ग ।
सदस्य –प्रमुख, प्रदेश सशस्त्र प्रहरी कार्यालय, चन्द्रौटा ।
सदस्य –प्रमुख, प्रदेश ट्राफिक कार्यालय, बुटवल ।
सदस्य –अध्यक्ष, उपभोक्ता हित संरक्षण मञ्च, प्रदेश नं. छ ।
सदस्य –अध्यक्ष, सुरक्षित यात्रा अभियान नेपाल, रुपन्देही ।
स.सचिव–महाशाखा प्रमुख,  प्रादेशिक सडक तथा यातायात व्यवस्था महाशाखा ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर