• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

संसारमा फैलिँदै छ विनाशकारी भाइरस, ३६ घन्टाभित्र ८ करोड मान्छेको ज्यान जान सक्ने

एजेन्सी । संसारसामु एक ठूलो चुनौती आउने भएको छ । यो चुनौती हावामा फैलिने एक विनाशकारी भाइरस हुनेछ, जसले चुनौती दिएको अर्थात् संकेत दिएको ३६ घन्टामा पूरै संसारमा फैलिनेछ । यसका कारण संसारका आठ करोड मानिसको मृत्यु हुन सक्ने बताइएकाे छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का पूर्वप्रमुखले यो सावधानी जारी गरेका छन् । उनले यसलाई अहिलेसम्मकै विनाशकारी फ्लु (भाइरस) बताएका छन् । डब्लुएचओले यसका लागि तयार रहन सचेत गराएको छ । 

विशेषज्ञका अनुसार करिब एक शताब्दीअघि अर्थात् सन् १९१८ मा स्पेनिस फ्लु महामारीले संसारको एक तिहाइ क्षेत्रमा संक्रमित भएको थियो । यो फ्लुका कारण पाँच करोड मान्छेको ज्यान गएको थियो । अब आउने भनिएको फ्लुले स्पेनिस फ्लुभन्दा पनि कैयौं बढी विनाशकारी हुने बताइएकाे छ । विशेषज्ञका अनुसार यो फ्लु यसकारण पनि विनाशकारी हुनेछ, किनकि यो मात्र ३६ घन्टामा पूरै संसारमा फैलिनेछ । 

विश्व स्वास्थ्य संगठनका पूर्वप्रमुखको नेतृत्वको ‘द ग्लोबल प्रिपेयर्डनेस मनिटरिङ बोर्डका स्वास्थ्य विशेषज्ञको टोलीले आफ्नो याे रिपोर्ट सबै देशका नेतालाई सुरक्षाका लागि आवश्यक कदम चाल्न पठाएको छ । बोर्डद्वारा बुधबार जारी रिपोर्टमा पूरै संसारमा फैलिन सक्ने यस महामारीको चेतावनी वास्तविक भएको बताइएको छ । 

विशेषज्ञका अनुसार तेज गतिमा फैलिने यो फ्लु एकदमै विनाशकारी छ । यसमा १० करोड मानिसको ज्यान लिन सक्ने क्षमता छ । साथै, यसका कारण कैयौं देशको अर्थव्यवस्था बिग्रिने तथा राष्ट्रिय सुरक्षा अस्थिर हुने बढी खतरा छ । विशेषज्ञहरूले आफ्नो यो रिपोर्टको नाम ‘अ वर्ल्ड एट रिस्क’ दिएका छन्, जसमा भनिएको छ– यो भाइरस इबोलाजस्तै विनाशकारी साबित हुन सक्छ । 

विनाशकारी भाइरसको सचेत गराउने संस्था द ग्लोबल प्रिपेयर्डनेस मनिटरिङ बोर्डको नेतृत्व नर्वेका पूर्वप्रधानमन्त्री वा डब्लुएचओका महानिर्देशक डा. ग्रो हार्लेम बुन्डल्यान्ड र इन्टरनेसनल फेडेरेसन अफ रेडक्रसका महासचिव अल्हदज अस सायले गरिरहेका छन् । संस्थाद्वारा जारी रिपोर्ट के भनिएको छ भने उनीहरूद्वारा यसअघि जारी गरिएको यो खतरनाक फ्लुको रिपोर्टलाई विश्वका नेताहरूले पूरै बेवास्ता गरेका थिए । डब्लुएचओले यस रिपोर्टमा सिल गरेको छ । 

मानचित्रको माध्यमबाट थाहा हुन्छ कुन देशमा छ खतरा 

सो संस्थाले विनाशकारी फ्लुको रिपोर्टका साथ यसको असर पर्ने सम्भावित देशका बारेमा पनि एक मानचित्रको माध्यमबाट जानकारी गराएको छ । हामीलाई थाहा छ, संसारमा यसअघि पनि पाँच विनाशकारी फ्लु– इबोला, जिका र निपाजस्ता विनाशकारी भाइरसले हमला गरिसकेको छ । यसका अतिरिक्त वेस्ट नील भाइरस, एन्टिबायोटिक प्रतिरोध, खसरा, तीव्र फ्लेसिड मायलाइटिस, पहेंलो ज्वरो, डेंगी, प्लेग तथा ह्युमन मंकीपोक्स पनि संसारको केही विनाशकारी फाइरसमध्ये पर्दछन् । 

जिपिएमबीको रिपोर्ट

जिपिएमबी रिपोर्टमा के चेतावनी दिइएको छ भने अहिलेसम्मको सबभन्दा विनाशकारी भाइरसले विश्वमा पाँचदेखि आठ करोड मान्छेको ज्यान लिन सक्छ । यो भाइरस सासका कारण हावामा तीव्रसँग फैलिनेछ र महामारीको रूप लिन्छ । यसका कारण संसारको पाँच प्रतिशत अर्थव्यवस्था पनि प्रभावित हुन सक्छ । विश्व यस खतरालाई लिएर तयार छैन् । यसका कारण गरिब देशको स्वास्थ्य सेवा लथालिंग हुन सक्छ ।

डल्बुएचओले जारी गरेको थियो चेतावनी

यो रिपोर्टमा सिल लगाउँदै डब्लुएचओका महानिर्देशक टेड्रोस एडनाम घिबेयियसले सबै देशका सरकारसँग यो खतरासँग जुध्न तयार रहन आह्वान गरेका छन् । उनले भनेका छन् यो मौका हो जब जी–७, जी–२० र जी–७७ मा सहभागी देशले बाँकी विश्वकाका लागि एक उदाहरण प्रस्तुत गर्न सक्छन् । हावामा फैलिने भनिएको यो विनाशकारी फ्लुको चेतवानी डब्लुएचओद्वारा यसअघि पनि जारी गरिसकिएको छ । 

सबभन्दा घातक थियो १९१८ को फ्लु

एक शताब्दअघि सन् १९१८ मा फैलिएको एक ज्यानमारा भाइरसले संसारको एक तिहाइभन्दा बढी क्षेत्रमा हमला गरेको थियो । यसका कारण एक महिनाभित्र संसारभर पाँच करोड मान्छेको मृत्यु भएको थियो । यो आँकडा पहिलो विश्वयुद्धमा भएको कुल मृत्युभन्दा तीन गुणा बढी हो । यो इतिहासमा सबभन्दा तेजसँग फैलिने तथा मान्छेलाई सबभन्दा छिटो मृत्युको मुखमा धकेल्ने भाइरस थियो । यो भाइरसको असर सबभन्दा बढी बालबालिका, वृद्ध तथा शारीरिक रूपमा कमजोर मान्छेहरूमा हुने गर्छ । यसको विपरीत सन् १९१८ को यो फ्लुका सिकार सबभन्दा बढी युवाहरू भएका थिए । यो फ्लुले सबभन्दा बढी असर जर्मनी, बेलायत, फ्रान्स, स्पेन र अमेरिकामा परेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर