• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

युभेन्टस स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग बराबरीमा राेकियाे

एजेन्सी ।  समूह डी अन्तर्गत बुधबार राति भएको खेलमा लिएको अग्रता जोगाउन नसक्दा इटालियन क्लब युभेन्टस स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग २–२ को बराबरीमा रोकिएको हो । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोसहितको टिम युभेन्टसले च्याम्पियन्स लिग फुटबल अन्तर्गत यो सिजनको सुरुवात बराबरीबाट गरेको छ ।

पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । भ्रमण टोली युभेन्टसले दोस्रो हाफमा २–० को अग्रता लियो । उसका लागि ४८ औँ मिनटमा ख्वान क्वाड्राडो तथा ६५ औँ मिनेटमा ब्लेज माटुइडीले गोल गरेपछि युभेन्टसको अग्रता दोब्बर भयो ।

तर त्यसपछि घरेलु टिम एथ्लेटिको मड्रिड खेलमा फर्कियो । उसका लागि स्तेफान साविकले ७० औँ मिनेटमा गोल गरे । यस्तै हेक्टर हरेराले ९० औँ मिनेटमा गोल गर्दै खेलमा बराबरी गरेका हुन् ।

यो खेलमा आरोन राम्सीले युभेन्टसबाट डेब्यु गरे । खेलमा रोनाल्डोले गोल गर्न सकेनन् । सो समूह अन्तर्गतको अर्को खेलमा लोकोमोटिम मस्कोले बार्यन लेभरकुजनलाई २– १ ले पराजित गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर