१८ अंकले घट्यो नेप्से सुचक

काठमाडौं । साताको अन्तिम दिन नेप्से सुचक १८ अंकले घटेको छ । दुई दिन लगातार झण्डै ५० अंकले माथि चढेको नेप्से सुचक यसदिन १८ दशमलव १२ अंकले बढेर १ हजार १ सय ५५ दशमलव ३० को बिन्दुमा बजार बन्द भएको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन कुल १६६ कम्पनीका ३९ करोड ९९ लाख ३० हजार ८ सय ७१ रुपैयाँको सेयर किनबेच भएको छ । 

यसदिन कारोबारमा आएका बाह्र उपसुचकमध्ये ट्रेडिङ र सामूहिक लगानी कोषबाहेक सबै सूचक घटेका छन् । आज सबैभन्दा बढी बीमा समूहको सुचक घटेको छ । जीवन बीमा समूहको सुचक १०५ दशमलव ६ अंकले र निर्जीवन बीमा समूहको सुचक १०५ दशमलव ३२ अंकले घटेको छ । त्यस्तै वाणिज्य बैंकहरुको सूचक १४ दशमलव ७९ अंकले ओर्लिएको छ । 

यसदिन शिभम् सिमेन्टका सर्वाधिक सेयर किनबेच भएको छ । कम्पनीको ५ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको हो । 

यता, सर्वाधिक कमाउनेमा समता लघुवित्तका सेयरधनी रहेका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने गुँरास लघुवित्त र स्पर्स लघूवित्तको सर्वाधिक ८ प्रतिशतले घटेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर