• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

मन्त्री दुलालसंगको यात्रा संस्मरण : १२ घन्टाका १४ कार्यक्रम...

‘देश सकियो, देशलाई सुन्दरताबाट कुरुपतातिर लगे । नेपाली राजनीतिमा युवा सहभागिता भएन् । नेतृत्वमा बुढाहरुको बाहुल्यता धेरै हुनु नै देशको दुर्भाग्य भयो ।’ आजभोलि यत्रतत्र यस्तै यस्तै आवाजहरु हामी सुनिरहेका हुन्छौं । यसलाई सकारात्मक ढंगबाट हेर्ने हो भने लगभग पछिल्लो समय नेपालको अवस्था पनि यही नै हो । 

स्बभाविक रुपमा युवाभन्दा बुढाहरुमा हुने जोश र जाँगर कम हुन्छ नै । चाहना हुँदाहुँदै पनि केही गर्न सक्ने अवस्था रहँदैन् । सोहीकारण पनि भिजनसहितका युवा नेतृत्वले अवसर पाउने कुरामा कोही कसैको दुईमत नहोला ।

अब प्रश्न उठ्छ । 

के अब आशानै सकिएको हो त ? 
देश यहि अबस्थामा सधै रहने हो त ? 

होइन् ।

देश संघीयतामा गएसंगै केही नेतृत्व र युवा नेताहरुले पछिल्लो समय केही आशा जोगाएका छन् । केही आशालाग्दा नेतृत्वमध्येका एक नेतासंगको घुमाई अवसरको बारेमा चर्चा गर्न खोजेको छु । जुन क्रममा उनको सक्रियता र लोकप्रियतालाई मैले नजिकबाट नियालेको थिएँ । 

मिति : २०७६ । भदौ । १४/१५ गते । 
समय : दिउँसो ३ बजे । 
स्थान : नयाँ बानेश्वर देखि रसुवासम्म । 

प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’, रसुवा जिल्लाको नेकपा ईन्चार्ज बिमला सुबेदी, महेन्द्र घोरासैनी, हेम चौलागाईं र म लगायतको सात जनाको टोली भदौ १४ गते दिउँसो ३ बजेतिर नयाँबानेश्वरबाट रसुवातर्फको यात्रामा लाग्यौं । भाेलिपल्टकाे कार्यक्रमलाई छिटो गर्न र समयमानै सम्बन्धित ठाउँमा पुग्नका लागि माननीय मन्त्री ज्यु हतारिनुभएको थियो । 

त्यहि बेलामा हो म मन्त्री ज्युको सवारी चालक ‘किरण श्रेष्ठ’को  प्यान भएको । अत्यन्तै कुशल चालक, समयमानै सम्बन्धित ठाँउमा पुर्याउने र मिजासिलो स्वभावका कारण मन्त्री ज्युको र उनको  समय समायोजन निकै गज्जब लाग्यो । गाडीमा बस्नेबित्तिकै मन्त्री दुलाले भन्नुभयो–‘रसुवाको बाटो केहि ठाँउमा समस्या होला हामी बेलुका सांढे आठ बजेमात्र पुग्छाैं। खाजा खाने समय छैन । स्याउ केरा किनौं , गाडीमा खाँदै जानुपर्छ ।’ 

मन्त्री दुलालले भनेकै समयमा हामी धुन्चे पुग्यौं । यसबाट म झनै प्रस्ष्ट भएँ मन्त्री ज्यु को र चालकको समय समायोजन । 

बेलुका ८ः३० बजे घुन्चेमा हामीलाई स्वागत गर्न सुरक्षा निकायका प्रमुख, स्थानिय राजनीतिक दलका नेता, कर्मचारी लगायत अन्य उपस्थित हुनु भएको थियो ।  उहाँहरुको स्वागत, केहि समयको छलफल पछि ९ः ३० मा खाना खाएर हामी सबै सुत्यौं । 

भोलिपल्ट
मन्त्रीज्युले अघिल्लो दिननै बिहान सांढे सात बजे कार्यक्रम शुरु गर्नुपर्छ भन्नुभएको थियो । राति देखिनै पानी परेको कारण भोलिपल्टको कार्यक्रम समय भन्दा केहि समय पछाडी गयो । बिहान सात बजे बाट मन्त्री ज्युको सक्रियता शुरु भयो । सात बजे कार्यक्रमका सम्बन्धित ब्यतिmहरु हामी बसेको होटेलमा आइसकेका थिए  ।

बाहिर पानी पर्ने क्रम राकियो ।

बिहानको खाजा ७ः४५ मा खाएपछि हाम्रो टोली आठ बजे होटेलबाट निस्कियो । रसुवा जिल्ला प्रशासनमा पहिलो भेटघाट भयो । प्रमुख जिल्ला अधिकारी अजुर्न भन्डारीसँग मन्त्रीज्युले पर्यटन बर्ष २०२० को रसुवामा तयारी र सम्भावना, नाकामा हुने गैरकानुनी गतिविधिको विषयमा छलफल भयो । 

कृष्ण प्रसाद धिताल
कृष्ण प्रसाद धिताल

सांढे आठमा हामी त्यहाँबाट बाहिरियौ र प्रशासन कार्यलय भन्दा केहि माथि रहेको जिल्ला अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यलयको अनुगमन तथा कर्मचारीहरु सँगको अन्तरक्रिया, समस्या, गुनासो सुन्ने कार्यक्रम थियो । सबैले आफ्ना समस्या राखिसकेपछि मन्त्रीज्युले सबैका गुनासालाई सम्बोधन गर्नुभयो । भयो जसबाट कर्मचारीहरुको मुहारमा खुसी देख्न सकिन्थ्यो । कार्यक्रम सकेर कर्मचारीहरुसंग सामूहिक फोटो खिचेर हामी ९ः ४५ मा त्यहाँबाट हिड्यौं ।

त्यसपछिको कार्यक्रम कालिका गाँउपालिका वडा न. २ मा रहेको कालिका हिमालयन माविको नयाँ भवन उदघाटनको थियो । लगभग एक घन्टा पंैतालिस मिनेटमा धुन्चेबाट हामी कार्यक्रम स्थलमा आईपुग्यौं । ११ः ४५ मा त्यहाँ पुग्नेबित्तिकै हामी खाना खान लाग्यौ । खान खाने समय थियो १५ मिनेट । 

खाना खाईसकेर १२ बजे मन्त्रीज्यु लगायत हामी विद्यालयको नयाँ भवन कार्यक्रम उद्घाटनमा पुग्यौं । मन्त्री ज्यु कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो ब्यस्त हुनुभयो, बिमला जि अतिथिको रुपमा रहनुभयो अरु साथीहरु कता जानुभयो, म चाहि प्रदेश सरकार समाजिक बिकास मन्त्रालयले परिक्षणको रुपमा गत बर्ष  संचालनमा ल्याएको ‘एक बिद्यालय, एक नर्स’ कार्यक्रमको भिडियो बनाउन लागे । करिब ३ बजे त्यहाँको कार्यक्रम सकियो । 

मन्त्रीज्यु अलिक हतारमै दखिनुहुन्थ्यो । अनावश्यक कुराहरु सुन्नमा उहाँलाई फुर्सद थिएन । आयोजकसंग विदा मागेर हामी ३ः१० मा त्यहाँबाट हिड्यौ । त्यसपछिको हाम्रो कार्यक्रम थियो, नुवाकोट जिल्लामा बन्न लागेको बहुप्राविधिक विद्यालयको जग्गा अनुगमन । कालिकाबाट हिँडेको पैतालिस मिनेटमा हामी जग्गा रहेको इन्द्रणी घाटमा पुग्यौं । हामी पुग्दा बिदुर नगरपालिकाका मेयर सन्जु पण्डित, प्रदेश सदस्य, केशब पाण्डे, हिरानाथ खतिवडा, नेकपाका स्थानिय नेता, सिडीयो सुरक्षा निकायका जिल्ला प्रमुखहरु आईसक्नु भएका ेथियो ।

जग्गाको भौगोलिक अवस्था र क्षेत्रफल हेरिसकेपछि मन्त्रीज्युले केहि कुराहरु भन्नुभयो । लगभग १० मिनेट हामी त्यहाँ रह्यौं । र, उहाँहरुसँगै ४ ः ५५ मा हामी पुनः निस्कियौं । त्यहाँबाट हामी भैरब माविको भौतिक अवस्थाको निरिक्षण÷अनुगमनमा लाग्यौं । करिब १० मिनेटजतिमा हामी त्यहाँबाट निस्कियौं । 

यतिबेला साँझको ५ः२० भइसकेको थियो । त्यसपछिको मिसन त्रिशुलि जिल्ला अस्पतालको अनुगमन थियो । हामी अस्पतालमा ५ः२५ मा पुगेका थियौ । 

हामी पुगेपछि कर्मचारीहरुको चहलपहल बढयो र केहि कर्मचारीहरु त्रसित पनि देखिन्थे । अस्पतालमा बन्दै गरेको नयाँ भवनको अवस्था, कर्मचारीहरुको काम, बिरामीसँग भेटघाट गरि कर्मचारीहरुलाई मन्त्री ज्युको निर्देशन पछि हामी त्यहाँबाटपनि निकिस्यौं । त्यसपछि पुग्यौं, प्रदेश ३ का सामाजिक बिकास मन्त्रालयले बनाउन लागेको बहुउद्देश्य कर्बड हलको जग्गा अनुगमनमा । जुन नगरपालिकाले मन्त्रालयबाट अनुमोदनको लागि मन्त्रीज्युलाई देखाएका थिए । 

त्यसपछि हाम्रो यात्रा काठमाडौंका लागि तय भएको थियो । तर, नगरपालिकाका मेयर, स्थानिय प्रतिनिधीज्युले मन्त्री ज्यु आउनुभएको बेलामा फाईदा उठाउनुपर्यो नि भन्दै तत्काल अनुगमन निरिक्षणको कार्यक्रम थप्दै जानुभयो । 

मन्त्री ज्युको जोश, जाँगर उही थियो । बरु बढेको थियो, घटेको थिएन् । हाँसेरै बर्वाद गरिहाल्नु भयो नि भन्दै उहाँहरुले लानुभएको ठाउँमा हाम्रो टोली पछि पछि लाग्दै गयो । 

घडीमा ६ः०० बजिसकेको थियो ।

त्यसपछि लैगिंक हिंसामा परेका महिलाहरुको लागि बनाएको आवास (सेफ हाउस) अनुगमनमा हामी गयौं । करिब १० मिनेट त्यहाँको अनुगमनपछि नेकपा पार्टी कार्यलयमा कार्यकर्ता भेटघाट गयौं । 

त्यसपछि करिब १५ मिनेट खाजाको समय निकालेर हामी खाजा खायौं । नगरपालिकाले वैकल्पिकरुपमा बहु–प्राविधिक विद्यालयको लागि छनोट गरेको जग्गा अवलोकन च्वाडी पब्लिक माबिमा हामीले करिब ५ मिनेट बितायौं । 

पोष्ट बहादुर स्मृती पार्क निरिक्षणमा अर्को १० मिनेट बितायौं । रंगशाला निर्माणको लागि जग्गा निरिक्षणका लागि १० मिनेट अर्को समय निकालयौं । 
यति हुँदा करिब साँझको ७ बजिसकेको थियो । 

उहाँहरुले “मन्त्री ज्यु अब अन्तिम हो । विद्यार्थी भाईबहिनीहरु कुरेर बसेका छन् तपाईकै मन्त्रालयलेनै दिएको पैसाले बनाएको पुस्तकालय छ रिबन मात्र काटिदिए हुन्छ’ । 

अकस्मात एउटा सोचले मन बराल्यो । जनताको नजरमा प्रिय हुनेलाई पनि सुःख चाहि नहुँदो रहेछ । 

रातपरिसकेको थियो । अरु साथीहरु मन्त्री ज्यु सँग गुनासो गर्दै हुनुहुन्थ्यो । सबैको अनुहारमा थकान देखिरहेको थिए । तैपनि मन्त्री ज्युमा कुनै थकान देखिँदैनथ्यो । 

सहिद जगत प्रकाशजंग विद्यालयमा रहेको पुस्तकालय उद्घाटनको कार्यक्रम लगभग १० मिनेटमै सक्यौं । हाम्रो टोलीलाई उहाँहरुले हिँड्नेबेलामा भन्नुभयो–‘वृद्धाश्रममा वृद्धहरु कुरेर बस्नु भएको छ, हात हल्लाएर जानु होला ।’

हाम्रो यात्रा काठमाडौंतर्फ लाग्यो । 

केहि अगाडी आईसकेपछि हात हल्लाउनु भनेको ठाँउमा त लाईनमा खादा लिएर स्वागत गर्न कुरेर बस्नु भएको गाडीबाटै देखेपछि हामी ओर्लियौं । मन्त्रीज्युले बुढा बा आमासँग कुरागर्नु भयो । 

करिब १० मिनेटमै देवघाट बृद्धाश्रममा उक्त दिनको अन्तिम भेटघाट सकेर हामी निस्कँदा साँझको सवा सात बजिसकेको थियो । हामीलाई काठमाडौं पुग्नुथियो । 

गाडी चढ्नेबित्तिकै मन्त्री दुलालले भन्नुभयो–‘काठमाडौ ९ः३० बजे पुगिन्छ ।’

चालक किरणजि लाई हेरेर म मुसुक्क हाँसे । त्यसपछि गाडीमा कसैको बोलि सुनिएन । नुवाकोटको रातमाटामा आएर एक बोतल जीवनजल मन्त्री ज्युले  पिउनुभयो । 

पुनः उही उर्जा जोश र जाँगरका साथ हामी उहाँले भनेकै समयमा ९ः३० काठमाडौ आईपुग्यौं । 

र, मेरो मनमा एउटै कुरा घुमिरहयो । दिनभरिको मन्त्रीको सक्रियता, उहाँका योजना, कर्मचारीहरुलाई खुशी बनाउने शैली, सबभन्दा बढि सक्रियता देखेर सोचिरहे साँच्चै देश बनाउन भिजन भएका युवा नेतृत्वलाई दिने हो भने देशमा समृद्धि आउन समय लाग्दैन् । 

र अब नेपाली राजनितिमा पुस्ता हस्तान्तरणको आबश्यकता भईसकेको छ ।  अब पनि भाषणमात्र गर्ने, अरुलाई गाली गरेर मात्र बस्ने हो भने परिवतर्नन नारामा मात्र सिमित हुनेछ । नेपाली युवा जनशक्तिले नेताहरुलाई गाली गर्दै मुग्लान भाँसिनु पर्नेछ । मन्त्री दुलालबाट केहि सिकौं, जागौ देश बनाउन लागौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर