• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट : नेपाली राष्ट्रिय टोलीको घोषणा

काठमाडौं । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

नेपालले बिहिबार पत्रकार सम्मेलन गरेर कप्तान पारस खड्काको कप्तानीमा १५ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन् । नेपालले घोषणा गरेको टिममा दुई नयाँ अनुहार छन् । जसमा ईशान पाण्डे र कुशल मल्ल रहेका छन् । घरायसी कामले ज्ञानेन्द्र मल्ल टिममा नहुदा दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिईएको छ ।

यस्तै अनुभवी खेलाडी शरद भेषवाकर र भेट्रान बलर बसन्त रेग्मी टिममा परेका छैनन् । सिंगापुर क्रिकेटको आयोजनामा हुने टी ट्वान्टी सिरिज सेप्टम्बर २७ बाट सुरु हुनेछ । सिरिजमा नेपाल, आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावे रहेका छन् । नेपालले सेप्टेम्बर २७ मा जिम्वाबेसँग खेल्नेछ । यस्तै २८ सेप्टेम्बरमा नेपालले सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अक्टोबर १ मा दोस्रो खेल खेल्नेछ । यस्तै २ अक्टोबरमा सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ । 

बिहिबार घोषणा गरिएको टीममा पारस खड्का (कप्तान),दिपेन्द्र सिंह ऐरी (उपकप्तान),सोमपाल कामी,करण केसी,विनोद भण्डारी,ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, ईशान पाण्डे, सन्दीप जोरा र रोहित कुमार पौडेल रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर