वयान दिन लगिएका अभियुक्त शौचालयको भ्यान्टीलेसनबाट फरार

सांकेतिक तस्वीर

सुर्खेत । चोरी गरेको आरोपमा पक्राउ परेका एक अभियुक्त सरकारी वकिल कार्यालयबाट फरार भएका छन् । प्रहरीले वयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थिति गराएको बेला वीरेन्द्रनगर ६ शनिहल बस्ने १३ वर्षीय अर्जुन गहतराज शौचालयको भ्यान्टीलेसनबाट बिहीबार दिउसो फरार भएका हुन् ।

वकिल कार्यालयको शौचालय गएका गहतराज भ्यान्टीलेसन फोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रवि रावलले जानकारी दिए । उनकाअनुसार गहतराज भदौ २९ गते ४२ हजार ७४० रुपैयाँ नगदसहित पक्राउ परेका थिए ।

‘शंकास्पद गतिविधि गरेपछि खानतलासी गर्दा गहतराजको साथबाट नगद फेलापरेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका थियौं’ रावलले भने, ‘फरार भएका गहतराजको खोजी कार्य तिव्र पारेका छौं ।’ गहतराजले नगद रकम कहाँबाट कसरी ल्याएका हुन भन्ने नखुलेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर