• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

युरोपा लिग फुटबलमा आर्सनल विजयी

एजेन्सी । युरोपा लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ । लिगको समूह चरण अन्तर्गत बिहीबार राति भएको आफ्नो पहिलो खेलमा आर्सनलले फ्र्यांकफर्टलाई ३–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा आर्सनललाई जिताउन जोसेफ विलक, बुनायो साका र पिएर एमरिकले गोल गरे । समूह एफ अन्तर्गतको खेलमा फ्र्यांकफर्ट अन्तिमको १० मिनेट भन्दा बढी १० खेलाडीमा सीमित भयो ।

७९ औँ मिनेटमा डोमिनिक कोहर सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । आर्सनलका लागि जोसेफले ३८, बुकायोले ८५ तथा पिएर एमरिकले ८७ औँ मिनेटमा गोल गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर