• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

म्यानचेस्टर युनाइटेडकाे विजयी शुरूवात

एजेन्सी । म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ । म्यानचेस्टर युनाइटेडले समूह एल अन्तर्गतको खेलमा बिहीबार राति एस्टानालाई १–० ले पराजित गरेको हो ।

पहिलो हाफमा गोल गर्न नसकेको युनाइटेडका लागि ७३ औँ मिनेटमा १७ वर्षे म्यासन ग्रीनवूडले गरेको गोल नै जितका लागि पर्याप्त बन्न पुग्यो । 

युरोपा लिग अन्तर्गत बिहीबार राति भएका अरु खेलमा स्पोर्टिंग ब्रागाले वुल्भ्स, रेन्जर्सले फेयीनूर्डलाई, डाइनाभो किएभले माल्मो एफएफ, एफसी कोपनहेगनले लुगानो, गेटाफेले ट्राब्जोन्सपोर तथा एलएएसकेले रोजनबर्गलाई समान १–० ले पराजित गरेका छन् ।

यस्तै, एफसी बासेलले एफके क्रास्नोडारलाई ५–०, सेभिल्लाले एफके क्वाराबागलाई ३–० तथा एफ ९१ डुडेल्यांगले एपोएल निकोसियालाई ४–३ ले पराजित गरेका छन् । सेल्टिकले रेनसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर