• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

संविधानले समाजवादतर्फकाे मार्गप्रशस्त गरेकाे छ : अध्यक्ष प्रचण्ड

परिवर्तनलाई उल्ट्याउने दिवासपना नदेख्न चेतावनी

काठमाडाै । नेकपा  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ संविधान दिवसको चौथो वार्षिक उत्सवको उपलक्ष्यमा शुभकामना दिएका छन् ।  उनले नयाँ बिचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको अभिभारा भएको बताएका छन् । 

‘वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्था तर्फ हामीलाई मार्ग प्रशस्त गरेकाले हामीले परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्दछ’ प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् ‘नयाँ बिचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको अभिभारा हाे ।’

जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने दिवा सपना केही अराजक तत्वहरुले देख्ने गरेका शुभकामना सन्देशमा उल्लेख छ । जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुको प्रतिवाद गर्दै सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध हुन संविधान दिवस–२०७६ ले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।

चौथो संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रचण्डले वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्था तर्फ अघि बढ्न मार्ग प्रशस्त गरेकाले अब परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्नेमा जोड दिएका छन् ।

शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले जनताको त्याग र बलिदानबाट प्राप्त संविधानका खातिर जीवनोत्षर्ग गर्ने नेपाली आमाबुबाका सर्वोत्तम छोराछोरी महान् सहिदहरुप्रति सम्मान प्रकट गरेका छन् । साथै उनले जनयुद्धमा बेपत्ता भएका योद्धा र घाइते योद्धाहरुमा उच्च सम्मान प्रकट गरेका छन् ।

संविधानका लागि महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, जनजाति, मधेस लगायत विभिन्न आन्दोलनमा सहभागी जनसमुदाय प्रति कृतज्ञता प्रकट गरेका छन् ।

अध्यक्ष प्रचण्डले  संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको स्मरण गरेका छन् । साथै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

संविधानले नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारु, उत्पिडित, पिछडिएका वर्ग, क्षेत्र लगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हक अधिकार र अवसरको सुनिश्चिततालाई संस्थागत गरेको बताएका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर