लाभांश पारित गर्ने प्रस्तावसहित माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा

काठमाडौं । माछापुच्छ्रे बैंकले असोज २४ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने भनि ५ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांशको प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

साधारण सभाका प्रयोजनका लागि असोज १० देखि असोज २४ गतेसम्म सेयधनी पुस्तिका बन्द गर्ने भएको छ । यसर्थ असोज ९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।
 
त्यस्तै, बैंकको उक्त सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जानु परेमा विषयमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
 
सभा होटल पोखरा ग्राण्ड पार्दी, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर