चर्चित ‘तेलुगु’ अभिनेता नागार्जुनको फार्म हाउसमा भेटियो ६ महिना पुरानो शव

एजेन्सी । दक्षिण भारतीय फिल्म अभिनेता नागार्जुनको हैदराबादको बाहिरी क्षेत्रमा रहेको फार्म हाउसमा बिहिबार एक अज्ञात व्यक्तिको शव भेटिएको छ । 

प्रहरीका अनुसार, शव क्षत–विक्षत अवस्थामा रहेको थियो र करिब ६ महिना पुरानो भएकाले पहिचान गर्न गाह्रो भएको छ । नागार्जुनले जाँचका लागि केही मानिसलाई फार्म हाउसमा पठाएका थिए । यस दौरान उनीहरुले एउटा कोठामा शव देखे र प्रहरीलाई सुचना दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्  । 

तेलंगानाको केशमपेट चौकीका प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण थाहा हुने बताएका छन् । फार्म हाउसमा काम गर्ने कर्मचारीहरुलाई सोधपुछ भइरहेको बताइएको छ । 

नागार्जुनको फार्म हाउस हैदराबादनजिकै एक गाउँमा छ । यद्यपि, फार्म हाउस लामो समयदेखि बाँझो थियो । 

अभिनेताले करिब एक वर्षअघि ४० एकड कृषि भूमि खरिद गरेका थिए । उनी यहाँ अर्गानिक खेती गर्न चाहान्थे, जसका लागि उनले केही विशेषज्ञलाई काममा पनि राखेका थिए । 

नागार्जुन र उनको परिवारका सदस्यले केही समयअघि फार्म हाउसको भ्रमण गरेका थिए र उनीहरुले त्यहाँ केही विरुवा पनि लगाए । हिजोआज नागार्जुन ‘बिग बोस तेलुगु’ कार्यक्रमलाई होस्ट गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर