• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

मधेसवादी दललाई अलग राखेर जारी गरिएको संविधान स्वीकार गर्न सकिँदैन : महेन्द्र राय

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले मधेसवादी दललाई अलग राखेर जारी गरिएकाले यो संविधान स्वीकार गर्न नसकिएको स्पष्ट पारेका छन् । 

संयोजक यादवले संविधान संशोधन गर्नुपर्ने आफ्नो पार्टीको माग सम्बोधन नगरेको भन्दै सरकारको पनि चर्को आलोचना गरेका छन् । ‘अन्धो र बहिरो यो सरकारले संविधान संशोधन गरेन,’ उनले भने, ‘ठूला दलहरूले पनि संविधान संशोधन नगरेपछि हामीले यो संविधानलाई स्वीकार गर्ने अवस्था रहेन ।’ 

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक यादवले दुई तिहाइको बल मिचाइमा प्राप्त संघीयता र गणतन्त्र नमास्न पनि सरकारलाई सचेत गराए । उनले मधेसी जनताको बलिदानीपूर्ण संघर्षको बलमा आएको संघीयता मास्न खोजे सरकार आफैं समाप्त हुने चेतावनी पनि दिए । संयोजक यादवले सरकारले संघीयताको धज्जी उडाएको आरोपसमेत लगाए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर