संविधान संशोधनको माग राख्दै चौथो वर्ष पनि संविधान जलाइयो

धनगढी । संविधान जारी भएको चौथो वर्षपनि असन्तुष्ट पक्षले असोज ३ कालो दिन भन्दै संविधान जलाएका छन् । नेपाल आदिवासी जनजाति महासंघ र थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयुक्त आयोजनामा संविधान संशोधनको लागि टाउकोमा कालो पट्टि बाधेर संविधानका धारा र उपधारालाई जलाइएका हुन् ।

संविधान जारी भएको तिन वर्ष पुरा भएको अवसरमा सरकारले भव्यताका साथ विभिन्न कार्यक्रमको आयोजना गर्दै दिवस मनाई रहेको बेला संविधान निर्माणकै क्रमबाट आन्दोलनमा होमिएका थरुहट पक्षधरले संविधानको धारा ३८,४२, १८, ५६, र २७४ को अनुसूची ४ जलाईएका थिए ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक माधव थारुले अपुरो संविधान कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने भन्दै थारु, आदिबासी जनजातिहरुको हक अधिकारको ग्यारेन्टी नहुन्जेल सम्म संविधानलाई जलाई राख्ने बताए । उनले अनूसुचि ४ मा सिमांकनको कुरा उल्लेख भएकोले अखण्ड सुदूरपश्चिमको सीमांकन अबैज्ञानिक भएको अनुसूचि जालाएको समेत बताए ।

२०७२ साल असोज ३ गते रक्ताम्य संविधान जारी भएको संविधानको पक्रिया नै गलत रहेको बताउदै सरकारले संविधान संशोधन गरेर ‘सबैको संविधान मेरो संविधान’ बनाई दिन माग समेत गरेका थिए ।

त्यसैगरि पूर्व सभासद कृष्ण थारुले संविधान संशोधन गरि सबै जनताको अपनत्व हुने संविधान बनाउन आग्रह गरे । ‘विगतमा एउटा श्रीपेच भएको राजाले देश चल्थ्यो आज यो संविधानले १००औं श्रीपेच लगाएको राजा जन्माएको छ, यस्तो संविधान हामीलाई चाहिन्दै’ भन्दै आक्रोश व्यक्त गरे ।

थारु, मधेसी, दलित लगायतका जनजाति समुदायका नागरिकहरूको हक अधिकार ग्यारेन्टी भएको संविधान हुनुपर्छ, न कि राज्यले एउटा पक्षलाई पक्षपोषण र अर्को पक्षलाई दमन गर्ने संविधान कुनैपनि हालतमा स्वीकार नहुने बताए ।

सबैलाई न्यायिक हुने संविधानको माग गर्दै टिकापुर घटना घटेको हो, । एउटा पक्षलाई अन्याय गरेर आन्दोलनको बाबजुटपनि २०७२ असोज ३ गते जारी भयो । थारुहरु आन्दोलनमै होमिएको कारण माग मुद्धा पुरा नहुन्जेल असोज तीन कालो दिन मनाउन नछोड्ने बताए । त्यसै गरि आज सझा ७ देखि ७ः३० बजे संविधान नमान्नेहरु घरको बत्तिको स्यूच अफ गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर