• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

अमेरिकी ड्रोन आक्रमणमा ३० अफगानी किसानको मृत्यु 

एजेन्सी । अफगानिस्तानमा रहेका अमेरिकी सुरक्षा बलले पूर्वी प्रान्त नान्गार्हारमा बिहिबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी ३० अफगान किसानको मृत्यु भएको स्विकार गरेको छ । 

इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित गरी आक्रमण गरिएको भनिएको उक्त घटनामा कम्तिमा ४० जना घाइते बनेको अलजजिराले जनाएको छ । यो कारबाही बाजिर ताङगी क्षेत्रमा नेटोआवद्ध सैनिकबाट भएको बताइएको छ । 

आइएस लक्षित यस कारबाहीमा दुर्भाग्यबस सर्वसाधारण परेका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।  यस कारबाहीको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । 

केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र तालिबान नेताहरुबीच भइरहेको गोप्य वार्ता भङ्ग भएको घोषणा गरेयता अफगानिस्तानमा हिंसात्मक घटना बढ्दै गइरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर