• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

संविधानको आलोचना नगर्न सिटौलाको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको आलोचना मात्र नगर्न असन्तुष्ट पक्षलाई आग्रह गरेका छन् । 

कांग्रेस नेता सिटौलाले संविधानसभाबाट निर्माण भएको संविधानलाई केही पक्षले पुराना संविधानहरूसँग तुलना गरिरहेको भन्दै आपत्ति जनाए । जनताको ठूलो संघर्षबाट बनेको संविधानलाई पञ्चायत र राणाकालमा बनेको संविधानसँग तुलना गर्नै नसुहाउने उनको तर्क छ । संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयनमा त्रुटि भए सच्याउँदै लैजान सकिने तर त्यसको आलोचना गरेर मात्र नहुने पनि स्पष्ट पारे । 

संविधानका मस्यौदाकारसमेत रहेका नेता सिटौलाले संविधान परिवर्तनीय दस्ताबेज भएकाले यसलाई समयको मागअनुसार परिमार्जन गर्दै लैजान सकिने स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर