• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

संविधान कार्यान्वयनमा केन्द्रित हुन नेम्वाङको आग्रह 

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयनमा केन्द्रित हुन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । 

उपनेता नेम्वाङले मधेसवादी दलहरूको समेत क्रियाशीलतामा बनेको संविधानमाथि असन्तुष्टि जनाउनुको कुनै तुक नरहेको पनि स्पष्ट पारे । उनले संविधानमा मधेसवादी दलहरूको असन्तुष्टि भए सम्बोधन गरेर अघि बढ्न सकिने बताए । तर, त्यो काम संविधानबमोजिम हुने उपनेता नेम्वाङले बताए । 

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान निर्माणमा सबैको योगदान रहेकाले त्यसको कार्यान्वयनमा पनि सबै दलहरूको सहयोग हुनुपर्ने पनि बताए । उनले संविधानमा कुनै कुरा सुधार गर्न परे त्यसमा खुलेर बहस गर्न सकिने पनि बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर