• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

राष्ट्रपति भण्डारीले गरिन् दिवंगत सुशिल कोइरालाको प्रशंसा

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकजुट भएर अग्रसर हुन आह्वान गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले संविधान सफलताका साथ कार्यान्वयन हुँदै गईरहेको उल्लेख गर्दै संविधान निर्माणमा एकतावद्ध भएका राजनीतिक दलहरुले मुलुकको आर्थिक समृद्धि हासिल गर्न पनि एकजुट भएर अग्रसर हुने विश्वास पनि व्यक्त गरिन् । संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्व प्रधानमन्त्री दिवंगत सुशील कोइरालाको पनि प्रशंशा गरिन् । राष्ट्रपति भण्डारीले तत्कालीन नेपाली काँग्रेसका सभापति समेत रहनु भएका स्वर्गीय कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदान पनि चर्चा गरिन् ।

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले संविधान निर्माणमा सबै राजनीतिक दलहरुको योगदान रहेको चर्चा गरिन् । संविधान सभाका अध्यक्ष समेत रहनु भएका उहाँले संविधान निर्माणमा उल्लेखनीय योगदान पु¥याएको भन्दै काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको पनि प्रशंशा गरिन् । उपनेता नेम्वाङले संविधानमा असन्तुष्टि भए जनतालाई विश्वासमा लिएर संशोधन गर्दै अघि बढन सकिने पनि स्पष्ट पारिन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्व प्रधानमन्त्री कोइरालालाई ‘मरणोपरान्त जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर