• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

चीनका राष्ट्रपति र प्रधानमन्त्रीले दिए संविधान दिवसको शुभकामना

काठमाडौं । चीनका राष्ट्रपति सी जिनफिङ  र प्रधानमन्त्री ली खछ्याङले नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश पठाएका छन् । फरक फरक शुभकामना सन्देश पठाई सी र ली ले नेपालको सम्बृद्धिका लागि अझ बलियो सहकार्य गर्न चाहेको सन्देश पठाएको हुन् । 

चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई शुक्रबार पठाएको सन्देशमा नेपाली चीनबीच सघन तथा वृहत सहकार्य अघि बढाउन इच्छुक रहेको बताएका छन् । उनले अघिल्लो वर्ष राष्ट्रपति भण्डारीले गरेको चीनको राजकीय भ्रमणको समेत स्मरण गर्दै सो भ्रमणबाट सहयोगका धेरै सम्भावनाका ढोका खुलेको बताएका छन् ।

राष्ट्रपति फिङले दुई देशको हितका लागि कालान्तर सम्म सहकार्य गर्न तयार रहेको र त्यो सहकार्यले नेपाल र चीनबीच गहिरो सम्बन्ध कायम गर्ने विश्वास व्यक्त गरेका छन् । नेपालको समृद्धि तथा नेपालीहरुको शान्ति, खुसी र स्वास्थ्यका लागि राष्ट्रपति फिङले कामना गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री खस्याङले पनि नेपाली समकक्षी केपी शर्मा ओलीलाई शुभकामना सन्देश पठाउँदै अघिल्लो भ्रमणको स्मरण गरेका छन् । खछ्याङले नेपाल र चीन विगत लामो समयदेखिको असल मित्र भएको स्मरण गर्दै ‘बेल्ट एण्ड रोड’ कोअपरेशनको माध्यमबाट भोलीको दिनमा बहुआयामिक क्षेत्रमा 
संगसंगै काम गर्न तयार रहेको सन्देश पठाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर