फेरिँदै राउटेको जीवनशैली, अस्पतालमा उपचार गर्न थाले

‘महिनाको एक पटक नुहाउने’

सुर्खेत । लोपउन्मुख जातिको रुपमा रहेको राउटे जातिपनि आजभोली अस्पतालमा उपचार गर्न थालेका छन् । उनिहरुको संस्कार अनुसार जति बिरामी भए पनि अस्पतालको औषधि खान मान्दैनन् । उनिहरु जंगलको जडिबुढीलाई प्राय औषधिको रुपमा प्रयोग गर्ने गर्दछन् । पछिल्लो समय उनिहरु आफ्नो केहि पुरानो संस्कारलाई परिवर्तन गर्दै अस्पतालमा पनि उपचार गर्दै आएका छन् ।

दुई वर्षअघि राउटे युवा खगेन्द्र शाही को काखिमा चोट लागेर बिरामी भए तर उनले अस्पताल जाउ भन्दा कत्ति पनि मानेनन् । यति सम्म भयो की उनको काखिमा किरा समेत परे तर, शाहीले अस्पतालको औषधी गर्न मान्दै मानेनन्  । अस्पतालको औषधि गर्न नमान्नुमा खगेन्द्रको मात्र कुरा थिएन् । उनीहरुले मान्दै आएका मुखियाको पनि कुरा थियो । उनको उपचार गर्नको लागी मुखिया पनि राजी नहुनुले उनको चोट लागेको घाउमा किरा समेत परेको थियो । 

राउटे संरक्षण अभियानका संरक्षण नगेन्द्र उपाध्यायको अनुसार ती युवालाई अस्पतालमा उपचार गराउनु पर्छ भनेर धेरै कोशिस गर्यौं तर पनि मुखियाको जिद्दिको कारणले त्यो बेला ती राउटे युवाको उपचार हुन सकेको थिएन । 

समाचार दैनिकसंग कुरा गर्दै उनले भने–‘पछि बल्ल बल्ल हामीले केहि भयो भने हामी जिम्मेवारी हुन्छौं भन्दा पछि मुखिया सुर्य बहादुर शाही र बिर बहादुर शाही सहमत भइसकेपछि हामीले ती शाहीलाई काठमाडौंमा लग्यौं ।’

खगेन्द्रको उपचारको बेला उनीहरु उपचार गर्न अस्पताल गएको भएपनि त्यो भन्दा पछाडी फेरि अस्पतालमा जानका लागि समस्या भएको उपाध्याय  बताउँछन् ।

उनले भने–‘हिजो आज मुखियाहरुसंग हामीले अस्पताल र औषधिको बारेमा बताएका छौं । अहिले बिरामी भएको बेलामा औषधि पसल भेटियो भने ओषधि लिन गइहाल्छन् ।’

राउटे मुखिया दिलबहादुर शाहीले भने – ‘हामीहरुको पुरानो रितीरिवाज भनेका यस्तो भएको हुनाले हामीहरु जे परे पनि  जंगलमै गर्छौं ।’

आफूहरुलाई जंगलले पालेको भन्दै जे भएपनि जंगलमा नै उपचार गर्ने उनी बताउँछन् । अस्पतालमा उपचार गर्दा जंगलका देवताहरु रिसाउने उनले बताए । 

अर्का मुखिया वीरबहादुर शाहीले भने यदि जंगल छोडेर आफूहरु बजार आउन थालेमा राउटेले गर्ने काम कस्ले गर्ने ? भनेर प्रश्न तेस्र्याए । 
आफूहरुले आफ्नो संस्कार बचाउन र देवतालाई खुसी बनाउनका लागि यस्तो गरेको उनले तर्क गरे । 

पछिल्लो समय युवा युवतिहरु महिनाको एक पटक नुहाउन थालेका छन् । नत्र, राउटेको संस्कारमा वर्षमा एक पटक मात्र नुहाउने चलन छ । ‘हिजोआज महिनाको एक पटक राउटे युवा युवतीहरु स्वाथ्य चेकअपको लागि तयार हुन्छन् । तर पुरानो बुढावुढीहरु भने अझै पनि यो बिषयमा तयार भएर आउदैनन् ।’ कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयबाट राउटे समुदायको स्वास्थ्य अवस्था बुझ्नका लागि खटाइएका प्रतिनिधि लाल बहादुर खत्रीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर