चाडपर्वको मुखमा सरकारले ग्यासको मूल्य घटायो

काठमाडौं । नेपाली हिन्दुहरुको पर्व दशै,तिहार नजिकिरहेका बेला सरकारले खानापकाउने ग्यासको मूल्य घटाएको छ । 

नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको विदेश उडान तर्फको मूल्य घटाएको हो । निगमका अनुसार ग्यासमा प्रतिशिलिण्डर २५ रुपैंया घटाईएको छ भने हवाई इन्धनतर्फ प्रतिकिलो लिटर ५० डलर घटाईएको छ । 
२५ रुपैंया घटेसंगै खाना पकाउने ग्यासको खुद्र मुल्य प्रतिसिलिण्डर १३ सय ५० कायम भएको छ । 

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि नेपाल सरकारले भने मूल्य घटाएो छ ।

सरकारले यसअघि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको थियो। पाइपलाइनमार्फत डिजेल आउन थालेपछि पेट्रोलियम पदार्थको मूल्य घटाइए पनि हवाई इन्धन र ग्यासको मूल्य यथावत राखिएको थियो। 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर