• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पाकिस्तान पनि डेङ्गीको प्रकोपमा, १६ को मृत्यु, १० हजार प्रभावित

इस्लामावाद । पाकिस्तानमा डेङ्गीका कारण यस बर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार डेङ्गीबाट देशभरी अरु ९ हजार ६ सय ३४ जना प्रभावित भएका छन् । 

रोग निगरानी विभागका प्रमुख राना साफ्डारले सिन्ध प्रान्तमा २१ सय ३२ जना, पञ्जावमा २८ सय १६ र दक्षिण पश्चिमी बालुचिस्तानमा १७ सय ७२ जना विरामी भएको जानकारी दिए ।

त्यसैगरी उत्तरपश्चिमी खैबर पख्तुन्ख्वा प्रान्तमा १६ सय १२, केन्द्रीय राजधानी इस्लामावादमा एक हजार २१० जना र पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा ९२ जनालाई डेङ्गी लागेको उनले बताए ।

अधिकारीहरूका अनुसार सिन्धमा मात्रै आठ जनाको डेङ्गीका कारण मृत्यु भएको छ भने इस्लामावाद र बालुचिस्तानमा तीन, तीन जना र पञ्जावमा दुई जनाको मृत्यु भएको छ ।

देशभरी डेङ्गीको प्रकोप बढ्दै गएपछि लामखुट्टे मार्ने तथा नयाँ फैलिन नदिने उपायका लागि विभिन्न अभियानहरू चलाइएको छ । स्वास्थ्य विभाग र स्थानीय सरकारहरुले देशभरीका बढी प्रभावित क्षेत्र तोकेर विषेश अभियान चलाएका हुन् ।  

उनीहरुले आफ्ना अस्पताल र निजी अस्पतालहरूलाई डेङ्गीबाट प्रभावितहरूलाई उपचारका लागि छुट्टै वार्ड र स्वास्थ्यकर्मीहरूको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् । 

सरुवा रोग तथा निगरानी विभागको टोलीले रोगको प्रभावमा पहिला भन्दा केही कम हुदै गएको जनाएको छ ।

अधिकारीक तथ्याङ्कका अनुसार सन् २०१० देखि अहिलेसम्म पाकिस्तानमा ६० हजार जना विरामी भएका छन् भने ३५० भन्दा बढी विरामी भएका छन् । सिन्हुवा
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर