• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

खाल्डोमा डुबेर दुईजनाको मृत्यु 

झापा । खाल्डोमा जमेको पानीमा पौडी खेल्दा झापामा दुईजना बालकको डुबेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा भोजपुर गुराँसे घर भई हाल कमल गाउँपालिका–४ स्थित हजुरबुबा ज्ञानेन्द्रकुमार तामाङको घरमा बस्दै आएका १४ वर्षीय सुन्दर तामाङ र सोही स्थान बस्ने देवेन्द्र बुढाथोकीको छोरा ११ वर्षीय छोरा क्रेडिड बुढाथोकी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार कमल गाउँपालिका–४ स्थित भुत्लुङखोलामा निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीमा ती दुई बालक पौडी खेल्न गएका थिए ।  शुक्रवार दिउँसो घरमा कसैलाई जानकारी नगराई पौडी खेल्न गएका बालकद्वय साँझसम्म घर नफर्केपछि खोज तलास गर्ने क्रममा उनीहरू डुबिरहेको अवस्थामा स्थानीयले मृत फेला पारेका थिए । घटनाबारे जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर