• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

एक ग्राम तौल भएको माछाको सफल शल्यक्रिया (तस्बिरसहित)

एजेन्सी । इंग्ल्याण्डको ब्रिस्टलस्थित वेट्स वेटनरी अस्पताल मोली प्रजातिको माछाको सल्यक्रिया गर्न सफल भएको छ । माछाको पेटमा ट्युमर आएको थियो । त्यसैले ४० मिनेट लगाएर उक्त माछाको पेटबाट ट्युमर निकालिएको हो । यो गोल्ड फिस युके (युनाइटेड किङडम) मा सल्यक्रिया गराउने यो सबै भन्दा सानो प्राणी बनेको छ । 

उक्त माछामा मालिकको धेरै लगाब थियो । उसले आफ्नो सन्तानजस्तै माया गर्दथ्यो । त्यसैले ८९ रुपैयाँमा किनेको उक्त माछाको शल्यक्रियाको लागि मालिकले ९ हजार खर्च गरेको छ । अस्पतालले योभन्दा अगाडि छिपकली, गोही, सर्पको शल्यक्रिया गरिसकेको छ । 

अस्पतालको कर्मचारी सान्या माइलसको अनुसार उक्त माछाको मालिकलाई उसको छिमेकीले केही समय अगाडी उपहारस्वरूप दिएका थिए । माछाको पेटमा केही हप्तादेखि मासुको गाँठो आएको थियो । त्यसपछि माछाको मालिकले अस्पतालमा शल्यक्रियाको लागि नाम रजिस्टर गराएका थिए । यो अस्पतालमा आएको सबैभन्दा सानो प्राणी थियो । जसको ओजन औसतमा एक ग्राम थियो । त्यही ओजन लिन पनि निकै कठिन भएको थियो । त्यसपछि तत्काल शल्यक्रियाका लागि भर्ना गरिएको थियो । शल्यक्रिया ४० मिनेटमा सफल भएको थियो । 

सोन्या माइल्सले भनिन् –‘हामीले माछाको शल्यक्रिया गर्नुभन्दा अगाडी एक भाडामा राखेका थियौ । केही समय माछालाई शान्त पार्न लगायो, माछा शान्त भएपछि उसलाई शल्यक्रिया गर्ने ठाउँमा लगियो । त्यो समय माछाको वरिपरि पानीले भिजाइयो । एक पाइपको सहाराले माछाको ट्युमर काटेर निकाल्न सफल भइयो । केही समय माछालाई अक्सिजनको कमी नहोस भनेर हल्का तातो पानीमा राखिएको थियो । अनि माछालाई मालिकसँग घर पठाइयो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर