प्रधानमन्त्रीको गृहनगरमा भ्यू टावरको निर्माण सुरु, स्थानीय खुसी

यस्तोे बन्ने छ भ्यू टावर

झापा । बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक चर्चितमध्येको एक नगर हो । पछिल्ला बजेट भाषणमा प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा धेरै नै विकासका योजना र परियषेजना पारिएको भनेर प्रतिपक्षी दल नेपाली कांग्रेसले आलोचना समेत नगरेको होइन् । 

त्यसोत, अन्य नगरको तुलनामा यस नगरमा परेका योजनाहरु धेरै नै छन् । दमकमा परेका योजनामध्येको एक महत्वपूर्ण योजनामध्येको एक हो –‘दमक भ्यू टावर’

केही वर्षयता चर्चामा रहेको उक्र भ्यू टावर बन्ने वा नबन्ने भन्नेमा धेरैले शंका व्यक्त गरेका थिए । यतिमात्र होइन, केही नेताले त भ्यू टावर आवश्यक्ताको औचित्य पुष्टि गर्न समेत चुनौती दिँदै आएका छन् । 

विभिन्न आलोचना र संक्रमणकाबीच यतिबेला दमकमा भ्यू टावर निर्माणको काम सुरु भएको छ । झापाको दमक नगरपालिकावडा नम्बर ३ अवस्थित आँपगाछी सडक खण्डमा आजकल बाक्लै ट्रक र ट्रिपर कुद्न थालेका छन् । भ्यू टावरका लागि निर्माणका कामहरु हुन थालेपछि स्थानीयको आशा बढ्दै गएको छ ।

भ्यू टावर निर्माणस्थलका लागि आवश्यक पूर्वाधारहरुको निर्माण जारी छ । 

दमकको कृष्णमन्दिरबाट जनताचोकसम्मको बाटो  कालोपत्रे हुने अन्तिम चरणमा छ । दमक ३ का वडाध्यक्ष नविन बराल भन्छन्, ‘धेरैलाई यो भ्यूटावर बन्ला कि नबन्ला भन्नेमा शंका छ तर ढुक्क हुनुहोस् अब काम सुरु भईसकेको छ । अहिले सो स्थानसम्म पुग्न निर्माणाधिन सडक यहि वर्ष भित्र कालोपत्रे गरि सक्न बजेट बिनियोजनपनि भईसकेको छ । जनता चोकबाट पश्चिम भ्यू टावर निर्माण हुने स्थलसम्म पुग्न अहिले उच्चस्तरिय ग्राबेल बाटो छ । त्योपनि भ्यू टावर निर्माण सम्पन्न भईसकेपछि कालोपत्रे गर्छौ ।’

भ्यू टावर निर्माणमा ठुलो भोल्टेजको बिद्युत आवश्यक पर्छ । जसका लागि ८ वटा भन्दा बढी बिजुलीका पोलहरु ठड्याइसकिएको छ । केहि दिनमै त्यहाँ  भ्यू टावर निर्माणका लागि मात्र आवश्यक पर्ने ११ केभी क्षमता भएको ट्रान्सफर्मर जडान हुने दमक स्थित बिद्युत प्राधिकरण दमक बितरण केन्द्रले जनाएको छ ।  तत्कालका लागि खानेपानी बोरिङ गरेरै प्रयोग गरिएको निर्माण यूनिटले जनाएको छ । खानेपानीको पाईप पुर्याउन समेत आवश्यक तयारी हुँदै गरेको व्यवस्थापकीय पक्षले जनाएको छ । 

यस्तोे बन्ने छ भ्यू टावर
५ बिगाह क्षेत्रफलमा  बन्न लागेको दमक भ्यू टावर अन्तर्राष्ट्रिय स्तरको हुनेछ । २५ तालमा त पक्की संरचना बन्नेछ । त्यसमाथी थप  ५ तलाको स्टिलको संरचना बन्ने छ । हरेक तलामा बिभिन्न प्रकारका सपीङ कम्पलेक्स, रेष्टुरेण्ट, भिआईपी कार्यालय लगायत हुनेछ । दमक भ्यू टावर मात्र १० कट्ठा क्षेत्रफलमा बन्ने छ भने बाँकी क्षेत्रमा अन्य संरचना बनाईने सघन सहरी तथा भवन निर्माण  आयोजनाका  इन्जिनीयर भुपेन्द्र यादवले बताए ।

यादवका अनुसार भ्यू टावर बाहेक यहाँ बाल उद्यान समेत बन्नेछ ।  जो  आफ्ना बालबच्चा सहित दमक भ्यू टावर घुम्न जान सक्ने छ ।

साथै यहाँ सर्वसाधारणका लागि  घुम्न आकर्षक बगैचा सहितको पार्क समेत बनाईने छ । त्यस्तै, यहाँ एउटा पानीको फोहोर निस्कनेसहितको पोखरी बन्ने छ । पोखरीको किनारमा वरिपरि आगन्तुकका लागी बस्ने  फलैँचा समेत निर्माण हुने भएकोले त्यहाँको मनोरम दृश्य  आरामसँगले हेर्न सकिने उनले बताए ।

साथै अण्डर ग्राउण्ड पार्किङको समेत व्यवस्था हुने छ ।  टावरमा जाने जो कोहिले पनि आफ्ना सवारीका साधन  सडकको किनारमा र अर्काको घरमा राख्नु पर्ने अवस्था  नओस भन्नका लागी २ सय ४० वटा सवारी क्षमता सहितको  पार्किङ स्थल बनाईने यादवले बताए । जसमद्ये ४० वटा चार पाग्रे र बाँकी २ सयमा मोटरसाईल पार्किङ  गर्न सकिने छ ।

अहिले के हुदैछ ?
५ बिगाह क्षेत्रफल बराबरको आफ्नो जग्गा संरक्षण गर्नका लागि वरीपरि पर्खाल लगाउने काम अन्तिम चरणमा पुगेको छ ।  भ्यू टावर बन्ने मुख्य स्थानमा पाईल खन्ने काम धमाधम भै रहेको छ । अहिले नमुनाका लागि एउटा पाईल खनिसकिएको छ । अव तत्कालै अन्य तीन वटा मेसिन ल्याएर पाईल खन्ने कामलाई दुर्त गतिमा अघि बढाईने इन्जिनियर यादवले बताए । 

न्यूनतम ३ सय वटा पाईल खन्नु पर्ने भएकोले दँशै अगावै पाईन खनिसक्ने योजना रहेको उनले सुनाए  । ‘सबै भन्दा गाह्रो र जटिल काम भनेको पाईल खन्नु हो पाईल खनिसकेपछि हामी ढलाईको काम थाल्ने छौ ।’ अवको केहि दिनै दैनिक ३ वटा मेसिनले पाईल खन्ने छन् । एउटा मेसिनले न्यूनतम पनि दिनमा ३ वटा पाईल खन्ने छ । यसले गर्दा दिनमा नौ देखी १० वटा पाईल  खनिसकिने छ । यहि अनुपातमा हेर्ने हो भने ३० दिनमा ३ सय वटा पाईल खनि सकिने छ ।  पाईल सँग सँगै अहिले भ्यू टावर निर्माणका लागि आवश्यक पर्ने बिभिन्न निर्माण सामाग्रीहरुको भण्डारण गर्ने काम  समेत चलिरहेको छ । त्यहाँ काम गर्ने कामदारका लागि टहरा निर्माण भै सकेको छ  भने अन्य कर्मचारी तथा  सम्पर्क कार्यालय निर्माणको काम अन्तिम चरणमा रहेको निर्माण पक्षका सव इन्जिनीयर प्रमोद कुमार मण्डलले बताए ।

भ्यू टावर निर्माणका लागि  गत काठमाडौको  ZCGIGC आशिष ओम साईराम जेभीले १ अर्व ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैँयामा निर्माण गर्ने गरि सम्झौता गरेको छ । आगामी २०७८ पुष २७ गते निर्माण सम्पनन्न गर्र्ने गरि निर्माण कम्पनीले २०७६ जेठ २७ गते सरकारसँग सम्झौता गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर