• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नेकपाले टुंग्यायो ६ वटै महानगरका अध्यक्ष र सचिव, कहाँ को ? 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवाल बैठकले ६ वटै महानगरको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले महानगरको अध्यक्ष र सचिवको टुंगो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिव रविन्द्र श्रेष्ठ चयन भएका छन् ।

ललितपुरको अध्यक्षमा मञ्जरी कायश्थ र सचिव ज्ञानेन्द्र शाक्य तथा पोखराको अध्यक्षमा दिपक कोइराला सचिव विश्वप्रकाश लामिछाने चयन भएका छन् । भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र, सचिव ईश्वर सापकोटा, वीरगञ्जको अध्यक्षमा रहबर अन्सारी र सचिव विश्वम्भर शर्मा तथा विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन भएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर