• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

ला लिगा : बार्सिलोनामाथि ग्रानडा हावी

एजेन्सी । ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना ग्रानडासँग स्तब्ध भएको छ । घरेलु मैदानमा भएको खेलमा ग्रानडाले बार्सिलोनामाथि २–० को जित निकालेको छ । 

खेलको दोस्रो मिनेटमै रामोन अजिजको गोलबाट अग्रता लिएको ग्रानडाले अर्को गोल ६६औं मिनेटमा गरेको हो । पहिलो हाफमा १–० ले अगाडि रहेको ग्रानडाले ६६औं मिनेटमा पेनाल्टी प्राप्त गर्यो । ग्रानडाका अल्भारो भाडिल्लोले पेनाल्टी सदुपयोग गर्दै टोलीलाई जित दिलाए । 

बार्सिलोनाले अघिल्ला खेलमा राम्रो प्रदर्शन गरेका अंशु फाटी तथा लियोनल मेस्सीलाई पहिलो हाफमा बेन्चमा राखेको थियो । दोस्रो हाफमा उनीहरू मैदान प्रवेश गरे पछि गोल गर्न सकेनन् । लिगको तेस्रो स्थानमा एट्लेटिको मड्रिड, चौथो स्थानमा भिल्लारियल, पाँचौं स्थानमा रियल मड्रिड छन् । पाँच खेल खेलेको बार्सिलोना भने दुई जित, एक बराबरी र दुई हार व्यहोर्दै ७ अंकका साथ सातौं स्थानमा छ ।

जितसँग ग्रानडा लिगको शीर्ष स्थानमा उक्लिएको छ । ग्रानडाले पाँच खेल खेल्दै १० अंक जोडेको छ । चार खेल खेलेको सेभिल्लाले पनि १० अंक जोडेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर