• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

बसको ठक्करबाट मृत्यु 

चितवन । चितवनमा गएराति बसको ठक्करबाट एकजनाको ज्यान गएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित नारायणगण–मुग्लिन सडकखण्डमा अन्दाजी २८ वर्षीय पुरुषको ज्यान गएको हो । 

काठमाडौँबाट रोल्पाका लागि आउँदै गरेको ना४ख २६०७ नम्बरको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर