• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मोवाइलमा युट्युब स्लो भयाे त्यसो भए यि उपाय लगाउनुहाेस्

काठमाडाैँ । पछिल्लो समय युट्युब प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढिरहेको छ । विभिन्न विषयबस्तुलाई युट्युबमा खोज्न सकिने भएकाले पनि दैनिक हजारौ मानिस नयाँ भिडियो अपलोड गरिरहेका हुन्छन् । युट्युबमा  कुनै रमाइलोका लागि त कुनै शिक्षा, खेलकुद, स्वास्थ्य लगायतका विषय खोज्ने पनि धेरै छन्। त्यसैले पनि युट्युब हेरेर समय विताउनेको संख्या ठुलो छ ।

युट्युव चलाउन पर्ने तर ढिलो चलेर हैरान हुनुहुन्छ भने त्यसका लागि समाधानको उपाय छ । त्यसका लागि तपाईको फोन, डेक्सटप, ट्याबलेटमा ब्राउजर खोल्नुहोस् । त्यसमा युट्युब खोलेर देब्रे साइडको माथि पट्टी रहेको तीन धर्का भएको मेनुमा क्लिक गर्नुहोस् ।

स्मार्टफोनमा हो भने हिस्ट्रीमा क्लिक गरि क्लियर ब्राउजिङ डाटा गर्नुहोस् । यदि डेक्सटप चलाइरहनु भएको छ भने, ‘मोर’ टुल्समा क्लिक गरि क्लियर ब्राउजिङ डाटा दबाउनुहोस् ।  एन्ड्रोइड, म्याक र पीसीका प्रयोगकर्ताले समय सिमा छनोट गरि डेटा हटाउन सक्नुहुनेछ ।

तर, आईफोन प्रयोगकर्ताले भने यो सुविधा पाउने छैनन् । त्यसपश्चात त्यहाँ देखाइएका अप्सनहरु मध्य ‘कुकिज एण्ड साइड डेटा’ वा ‘केच इमेज एण्ड फाइल’ छनोट गर्नुहोस् । अन्त्यमा क्लियर डेटा गरेर युटुबको भिडियो स्लो हुने समस्या कम गर्न सक्नुहुनेछ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर