बैंक अफ काठमाण्डूका पूर्व सिइओसहित ६ जना पक्राउ

काठमाडौं । बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजय श्रेष्ठ पक्राउ परेका छन् । उनीसहित ६ जना कर्मचारीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको हो । 

सीआइबीका प्रवक्ता बेलबहादुर पाण्डलेले उनीहरुलाई शुक्रबार पक्राउ गरेको जानकारी दिए । 'पूर्वसिइओ श्रेष्ठसहित ६ जनालाई सीआइबीले पक्राउ गरेको छ ।' समाचारदैनिकसँग कुराकानी गर्दै उनले भने । पक्राउ पर्नेमा तीन जना बहालवाला कर्मचारी समेत रहेका छन् । उनीहरुलाई बैंकिङ कसुर मुदामा पक्राउ गरिएको उनले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा पूर्वसिइओ श्रेष्ठ, बिक्रम पन्त, शुष्मा शाह, किरण बोहोरा, पुष्पराज भण्डारी, ऋचा श्रेष्ठ रहेका छन् । खोलाको जग्गा धितोमा राखि ऋण प्रवाह गरेको अभियोगमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको उनले बताए । 

सन् २०१५ मा झापाका एक ऋणी (सुरेन्द्र श्रेष्ठ) ले बैंक अफ काठमाण्डूबाट लिएको ५ करोड रुपैयाँ ऋणको साँवा रकम नतिरेपछि बैंकले अनुसन्धान गर्दा खोलाभित्र पर्ने जग्गाको नक्कली पूर्जा बनाएर बैंकलाई ठगी गरेको खुलेको थियो । उक्त तथ्य फेला परेपछि बैंकले केही दिन पहिले ऋणीका नाममा किटानी जाहेरी दिएको थियो । सो विषयमा सिइओ श्रेष्ठ पनि अनुसन्धानको दायरामा तानिएका हुन् । 

को हुन् अजय श्रेष्ठ ?

पक्राउ परेका सिइओ अजय श्रेष्ठले बैंकिङ क्षेत्रमा इमान्दार सिइओको छवि बनाएका छन् । तीन दशकभन्दा बढीको बैंकिङ अनुभव रहेका श्रेष्ठ बैंक अफ काठमाण्डूबाट ०७४ असार मसान्तदेखी बाहिरिएका हुन् । बैंक अफ काठमाण्डूमा उनले झण्डै दुई कार्यकाल काम गरेका थिए । बीओके जानुपूर्व एनएमबिमा सेकेण्ड मेनको रुपमा २ वर्ष काम गरेका उनले करिब १५ वर्ष १५ बर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर