• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

म्याग्दीकाे कोटखोलामा बाढी, दुई बालिका बेपत्ता, विद्यालयसहित ८ घरमा क्षति

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा १० बर्षिया शर्मिला परियार र ६ बर्षिया अनिस्का परियार छन्।  बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बाढीले १७ कोठा भएको बुद्ध बोर्डिङ्ग सेकेण्डरी स्कुल ध्वस्त पारेको छ। विद्यालयको होस्टेलतर्फको भवनको भुइँ तलामा क्षति पुगे पनि होस्टेलमा रहेका सबै ३० जना विद्यार्थी भने सकुशल छन्। 

खोलामा बाढी आएपछि भाग्ने क्रममा स्कुल नै भत्केर बाढी छिरेको स्थानियले जनाएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर