• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

१३ देशमा सजिलै चल्छ नेपाल टेलिकमको मोवाइल इन्टरनेट

काठमाडाैँ । नेपाल टेलिकमले आब १३ देशमा नेपाल टेलिकमको मोवाइल इन्टरनेट सेवा सुरु गरेको छ । मोबाईलको डाटा प्रयोग गरेर सेवाग्राहीले लाभ लिन सक्नेछन् । 

भदौको दोस्रो साताबाट छिमेकी मुलुक भारतबाट अन्तर्राष्ट्रिय रोमिङ सेवालाई पुन सुचारु गरेको टेलिकमले अन्य १२ मुलुकमा पनि विस्तार गरेको छ ।

टेलिकमका अनुसार संविधान दिवसको दिनबाट जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकले चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्विजरल्याण्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जाँदा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्ने भएका छन् ।

केही समय भित्रै डाटा तथा प्रिपेड रोमिङ सेवा अन्य देशमा पनि विस्तार गर्दै लगिने टेलिकमले जनाएको छ । टेलिकमले बिगत लामो समय देखि आफ्ना पोस्टपेड ग्राहकलाई लक्षित गरि ८७ मुलुकका एक सय ९२ भन्दा बढी दूरसञ्चार सेवाप्रदायक कम्पनीसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर