आज कति पुग्यो सुनको भाउ

काठमाडौं । साताको पहिलो दिन आइतबार असोज ५ गते पनि सुनको भाउमा पृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेर ७१ हजार ३ सय रुपैयाँ पुगेको छ । 

त्यस्तै तेजावी सुन ७१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । सुन भदौ २८ गते हालसम्मकै महँगो अर्था प्रतितोला ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता भने भाउमा उतारचढाव देखिएको छ । 

सुनको मुल्यमा वृद्धि भएसँगै आज चाँदीको भाउ पनि बढेको छ । यसदिन चाँदी तोलामा ८६५ रुपैयाँमा कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ महँगो हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर