१० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले  १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बजारमा तरलता सन्तुलन कायम राख्नका लागि केन्द्रिय बैंकले ट्रेजरी बिल जारी गर्ने भएको हो ।

ट्रेजरी बिल खरिद गर्नका लागि सोमबार २ बजेभित्र अनलाइन बोलकबोलमा सहभागी हुनुपर्नेछ । यो ट्रेजरी बिल मंगलबार जारी हुनेछ । 

राष्ट्र बैंकले ९१ दिन अवधिका लागि ४ अर्ब ३ करोड रुपैयाँको र १८२ दिन अवधिको ४ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । त्यस्तै ३६४ दिन अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी पनि समेत बिक्री गर्न लागेको हो ।

बैंकले बिक्री गर्न लागेको ९१ दिने अवधिको ट्रेजरी बिल आगामी पुस ८ गते, ८२ दिन अवधिको चैत ११ गते र ३६४ दिन अवधिको २०७७ असोज ६ गते परिपक्क हुनेछ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्रि गरिन्छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर