• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

साउदी युवराज सलमानको विशेष विमान चढेर न्यूयोर्क पुगे इमरान खान

न्यूयोर्क । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री इमरान खान न्यूयोर्क पुगेका छन् । 

उनले न्यूयोर्कमा उच्चस्तरीय भेटवार्ता पनि सुरु गरिसकेको भ्रमणमा सँगै रहेका पाकिस्तानी सरकारी अधिकारीहरुले जनाएका छन् । 

प्रधानमन्त्री खान साउदी युवराज मोहम्मद बिन सल्मानको ‘विशेष विमान’मा शनिबार न्यूयोर्क आएका हुन् ।

न्यूयोर्क पुगेपछि पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानका विदेश मन्त्री शाह मेहमुद कुरेशीले विदेशी नेताहरुसँगको भेटका क्रममा प्रधानमन्त्री खानले काश्मिर मामिलालाई प्राथमिकता दिने बताए । 

प्रधानमन्त्री खानको यो भ्रमण सात दिने रहेको पनि उनले जानकारी दिए । न्यूयोर्क आउनुअघि उनी साउदी अरब पुगेका थिए । साउदी अरबको दुई दिने भ्रमणपछि त्यतैबाट उहाँ साउदी युवराजको विमानबाट न्यूयोर्क आएका हुन् । 

दुवै मुस्लिम राष्ट्रका युवराज र प्र्रधानमन्त्रीले काश्मिर क्षेत्रका मुस्लिम समुदायका बारेमा छलफल गरेको अधिकारीहरुले जनाएका छन् । 

उनीहरुले राष्ट्रसंघको महासभामा पनि काश्मिरका बारेमा कुरा उठाउने बताएका छन् । खानले यही सेप्टेम्बर २७ तारिखका दिन महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  एएनआइ

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर