• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

साफ यू–१८ फुटबल : घरेलु मैदानमा भुटानसंग नेपालको हार

काठमाडौं । साविकको विजेता नेपाल घरेलु मैदानमा जारी तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा पराजित भएको छ । 

हल्चोकस्थित एपीएफ मैदानमा आइतबार भएको खेलमा नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित भएको हो । भुटानका लागि यशी दोर्जी, केल्जाङ जिग्मी र कर्मा सोनामले एक एक गोल गरे । खेलको ३७ औं मिनेटमा दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ८६ औं मिनेटमा भुटानले अग्रता दोब्बर बनायो । नेपालका विशाल बस्नेतले डिबक्स भित्र भुटानका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा भुटानका केल्जाङ जिग्मीले गोल गरे । त्यसपछि खेलको ९० औं मिनेटमा कर्मा सोनामको बक्स बाहिरबाट गोल गर्दै भुटानलाई ३–० को जित दिलाए । 

हारसँगै समूह ’ए’ मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । नेपालले २ खेलमा १ अंक जोडेको छ । भुटान भने सेमिफाइनलमा पुगेको छ । भुटानले १ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्सको पनि १ अंक रहेको छ । अब नेपालको सेमिफाइनल यात्रा भुटान र माल्दिभ्सबीचको खेलले तय गर्नेछ । उक्त खेलमा भुटानले माल्दिभ्सलाई ४–० को फराकिलो अन्तरले पराजित गरे नेपाल सेमिफाइनल पुग्ने छ । 

बराबरी र भुटान पराजित भए नेपाल समूह चरणबाट बाहिरिने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर