• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आजका पत्रपत्रिकाः प्रधामन्त्रीले बाँडे २६ करोड

आजका पत्रपत्रिकामा सी आउनुअगावै ‘सी विचारधारा’ को बहसलाई प्राथमिकताका साथ सबैजसो पत्रिकाले लेखेका छन् । कान्तिपुरले चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउनु अघि नै उनको विचारधारा आइसकेको लेखेको छ । नेकपामा सी विचारधारालाई लिएर भइरहेको अन्तरक्रियालाई कान्तिपुरले त्यसको पुष्ट्याइँका रूपमा प्रस्तुत गरेको छ ।

कान्तिपुर दैनिकमा प्रहरी कागजात अख्तियारको नियन्त्रणमा शिर्षकमा प्रमुख समाचार बनाएको छ । समाचार अनुसार लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ । अख्तियारको विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभागअन्र्तगतका आर्थिक प्रशासन महाशाखा र प्रबन्धक शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदजका सक्कली कागजात लगेको छ । कान्तिपुर दैनिकमै अशोक स्तम्भ पानी मुनी शिर्षकमा समाचार लेखिएको छ ।

कारोबार दैनिकले प्रधामन्त्रीले बाँडे २६ करोड शिर्षकमा प्रमुख समाचार लेखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेका बेला २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेको पाइएको छ ।
समाचार अनुसार, प्रधानमन्त्री ओलीको अग्रसरतमा ५२ संस्था र प्रतिष्ठानलाई २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेको हो । विभिन्न राजनेता, पार्टीका नेताको नाममा खुलेका तथा साहित्यकार र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई यो रकम वितरण गरिएको छ । काठमाडौं उपत्यकाका २९, झापाका २, बागलुङका ३, कास्कीका २, मोरङका १, कञ्चनपुरका २ लगायतका प्रतिष्ठानलाई यसरी रकम बाँडिएको कारोबार समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका दैनिकले अनिवार्य शिक्षामै तीन लाख बालबालिका विद्यालयबाहिर शिर्षकमा प्रमुख समाचार लेखेको छ । समाचार अनुसार सरकारले आधारभूत शिक्षा (कक्षा १ देखि ८ सम्म) लाई अनिवार्य र निःशुल्क घोषणा गरेको छ । तर, यो तहमाम अध्ययन गर्ने उमेरका तीन लाख चार हजार चार सय ७६ बालबालीकाको विद्यालयबाहिर रहेको शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रले तयार पारेको प्रतिवेदनले जनाएको छ ।
सरकारी मुखपत्र गोरखापत्रले राजनीतिक पहुँचका आधारमा ठेक्का नदिनूस् शिर्षकमा प्रमुख समाचार लेखेकाे छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर