करीनाको जन्मदिनमा अर्जुन कपुरले गरेको ट्रोल भाइरल

एजेन्सी । बलिउड अभिनेत्री करीना कपुरले २१ सेप्टेम्बरमा  आफ्नो जन्मदिन मनाएकी छन् । उनले पटौदी प्यालेसमा श्रीमान सैफ अली खान र परिवारको साथमा जन्मदिन मनाएकी हुन् ।

अभिनेता अर्जुन कपुरले उनलाई ट्रोल गदै जन्म दिनको शुभकामना दिएका छन् । अर्जुन कपुरले आफनो इन्स्ट्रा स्टोरीमा एक तस्बिर सेयर गर्दै उनले क्यापसनमा लेखेका छन् –यदि मेरो बस चल्थ्यो भने म यो दिनको राष्ट्रिय विदा घोषित गरिदिन्थे । ताकी सबैले आफनो साथमा सेलिब्रेट गर्न पाउँथे ।’

उनको यो पोस्ट भाइरल भएको छ । योसँगै उनले आफनो इन्स्ट्राग्राममा अर्को एक तस्बिर सेयर गरेका छन् । जसमा उनी करिना र आलियाको साथमा देखिएका छन् । उनले यो तस्बिरको क्यापसनमा लेखेका छन् –‘ह्यापी वर्थडे बेबो । ’

करीना र अर्जुनले एक फिल्ममा सँगै काम गरेका छन् । फिल्म ‘दो एक पल की’ फन लव स्टोरी हो । उक्त फिल्ममा अर्जुन कपुर घरको काम गर्ने रकरीनाले जागिर गरेर जिम्मेवारी सम्हालने कथा रहेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर