• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

तापक्रम विश्वव्यापी बढ्दै, नयाँ उपायको खोजी गर्न आग्रह 

तस्बीरः बीबीसी

एजेन्सी । विश्वव्यापी रुपमा उष्णता बढ्दै गएको जलवायु सम्बन्धी आइतबार प्रकाशित एक अन्तर्राष्ट्रिय रिपोर्टले देखाएको छ ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय शिखर सम्मेलन आज सोमबार न्यूयोर्कमा हुँदैछ ।  साेही विषयकाे सन्दर्भलाइ अाधार बनाएर बीबीसीले जलवायु परिवर्तन र यसकाे विश्वव्यापी प्रभावकाे अन्तर्राष्ट्रिय रिपोर्टका अाधारमा समाचार तयार बनाएकाे हाे ।

विश्व मौसम विज्ञान संगठन (डब्ल्युएमओ)ले प्रकाशित गरेको सो रिपोर्टमा सन् २०१४ देखि २०१९ को अवधीमा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम रेकर्ड गरिएको जनाइएको छ । यहि अबधीमा समुन्द्रको सतह बढेको छ भने कार्वन उत्सर्जनले नयाँ उचाई लिएको रिपोर्टमा उल्लेख छ ।

बीबीसी समाचारका अनुसार सन् १८५० देखि विश्वव्यापी तापक्रम १ दशमलब १ डिग्री सेल्सीयसले  बढेकोमा त्यो मात्रा शून्य दशमलब २ डिग्री सेल्सियसले २०११ र २०१५ को बीचमा थप बढेको उल्लेख छ ।

यो सबै कार्बन उत्सर्जनको कारणले भएको जनाउँदै समुद्री सतह बढ्दै जानु अझै चिन्ताको विषय भएको जनाइएको छ । सन् १९९३ देखि अहिलेसम्म प्रतिवर्ष ३ दशमलब ३ एमएमका  दरले समुद्री सतह औसतमा बढेको समेत जनाइएको छ । यद्यपि मे २०१४ देखि २०१९ सम्म ५ एमएम बृद्धि भएको र २००७ देखि २०१६ सम्मको १० वर्षको अवधीमा ४ मिलिमिटर बढेको देखिएको रिपोर्टमा उल्लेख छ ।

डब्ल्युएमओका महासचिव पेटेरी तालासले एन्टार्कटिक र ग्रीनल्याण्डमा बरफ पग्लेर समुद्री सतह बढ्दै गएको र भविश्यमा अझ बढ्ने सम्भावना रहेको जनाएका छन् । उनले यो वर्ष बहमास र मोजाम्बिकमा आँधीका कारण मानवीय र आर्थिक विपत्ति आउनुमा जलवायुकै असर भएको समेत उनले चर्चा गरेका छन् । 

डब्ल्युएमओले सन् २०१८ मा समुद्रमा अहिले सम्मकै बढी तातो भएको जनाएको छ  । जलवायु परिवर्तनको असर गम्भीर बाटोमा पुगेको ग्रान्थम इन्स्टिच्युट, इम्पेरियल कलेज लण्डनका अध्यक्ष प्रा ब्रायन होस्किन्सले बताएका छन् ।  

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर