• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

रियलले हरायो सेभिल्लालाई

एजेन्सी । ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियलले मड्रिडले सेभिल्लामाथि झिनो जित निकालेको छ । 

सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउने क्रममा करिम बेन्जिमाले गोल गरेका हुन् । उनले खलको ६४औं मिनेटमा गोल गरेका हुन् । 

आइतबार राति नै भएको खेलमा एट्लेटिको बिल्बाओले अलाभेसमाथि २–० को जित निकालेको छ । बिल्बाओले ३८औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको हो । बिल्बाओका राउल गार्सियाले पेनाल्टी सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । बिल्बाको आइकर मुनियानले ७२औं मिनेटमा गोल गर्दै टोलीलाई २–० को जित सुनिश्चित गरेको हो ।  

जारी ला लिगामा रियलले पाँच खेल खेल्दा तीन खेलमा जित निकालेको छ भने दुई खेलमा बराबरी खेन्दै अंक बाँडेको छ । रियल ११ अंकका साथ लिगको दोस्रो स्थानमा छ । समान खेल खेलेर समान नतिजा निकालेको एट्लेटिको बिल्बाओ गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर