राखी सावन्त वैवाहिक जीवनदेखि दुःखी (भिडियोसहित)

एजेन्सी । ड्रामा क्विनको नामबाट चिनिएकी बलिउड कलाकार राखी सावन्त विवाह गरेदेखि धेरै चर्चामा आउन थालेकी छन् । गोप्य रूपमा विवाह गरेकी राखीले आजसम्म केवल पतिको नाम मात्र लिने गरेकी छन् । उनको पतिको नाम रितेश हो । उनले बताएअनुसार रितेश एक व्यापारी हुन् । उनी लन्डनमा बस्छन् । 

अन्तर्वार्तामा आफ्नो पतिले धेरै माया गर्ने र परिवार पनि धेरै राम्रो रहेको बताउँदै आएकी राखीले बेलाबेलामा दुःखी हुदै भिडियोहरु पोस्ट गर्ने गरेकी छन् । पछिल्लो समय उनले रुँदै सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेकी छन् । 

उनले भिडियोमा भनेकी छन् –‘तिमी  जेजे भन्छौ म त्यही गर्छु, तर मलाई बेवास्ता नगर । म तिमीविना बाँच्न सक्दिनँ । मेरो यो अवस्था देखेर तिमीलाई अलिकति पनि दया जाग्दैन ? म तिमीलाई धेरै माया गर्छु ।’

यसभन्दा अघि पनि राखीले भिडियो पोस्ट गरेकी थिइन् । त्यसमा पनि निकै उदास देखिएकी थिइन् । भारतीय मिडियाको अनुसार राखी र उनका पतिको बीचमा यतिबेला झगडा भएको छ । 
 
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Rakhi Sawant (@rakhisawant2511) on Sep 20, 2019 at 7:25am PDT

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर