• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

२०९ वर्ष पुरानो चिहानमाथि रेल्वे स्टेसन बन्ने, ६५ सय कंकाल निकालिँदै

बर्मिंघम । बेलायतको बर्मिंघमस्थित चिहानमाथि एचएसटु रेल्वे स्टेसन बन्ने भएको छ । रेल्वे स्टेसन निर्माणका लागि ६५ सय कंकाल निकाल्न थालिएको छ । कंकाल निकाल्नका लागि आधुनिक मेसिन प्रयोग गरिँदै छ । 

अधिकारीहरूले बताएअनुसार रेल परियोजनाका कारण बर्मिंघममा स्ट्रिट रेल्वे स्टेसन निर्माण गरिनुपर्ने हुन्छ । हालै मेसिनद्वारा यहाँ खन्ने काम सम्पन्न भएको छ । अहिले कंकाल निकाल्ने प्रक्रिया जारी छ । स्थानीय सञ्चारमाध्यमका अनुसार यो चिहान सन् १८१० मा निर्माण भएको हो । हाल २०९ वर्ष पुरानो चिहानमा पछिल्लो ४६ वर्षदेखि सार्वजनिक शव गाड्न छोडिएको छ । 

कंकाललाई अर्को स्थानमा व्यवस्थापन गरिने

रेल परियोजना घोषणा भएपछि पल्लिो १२ महिनामा पुरातत्त्वविद्हरुको टोलीले यहाँको चिहान खनेका छन् । उनीहरुले यहाँ मूर्तिहरु, सिक्का, खेलौना, मूल्यवान् हार र अनेक कलाकृति फेला पारेका छन् । स्थानीय प्रशासनका अनुसार एउटा चर्चसँगको परामर्शपछि अवशेषहरूलाई अर्को स्थानमा व्यवस्थापन गरिने भएको हो ।   
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर