खर्च गर्न नसक्ने रकम तत्काल फिर्ता गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न मन्त्रालयहरुसँग खर्च गर्न नसक्ने बजेट रकम तत्काल फिर्ता आग्रह गरेका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको आइतबार बसेको ४६ औं बैठकमा अर्थमन्त्रीले यस्तो आग्रह गरेका हुन् । 

अधिकांश मन्त्रीहरु उपस्थित बैठकमा अर्थमन्त्री डा. खतिवडाले खर्च गर्न नसक्ने बजेट फिर्ता गर्न तथा  नतिजा आउने गरी कार्यसम्पादन गर्नसमेत आग्रह गरे । खर्च गर्न नसकेर रकम नै फ्रिज हुने अवस्थाका आयोजनाहरुले खर्च प्रणालीलाई नै प्रभावित पारेको उनको भनाइ छ ।

अर्थमन्त्री खतिवडाले अघिल्लो आर्थिक वर्षदेखि नै खर्च गर्न नसक्ने बजेट र आयोजना ओगटेर नबस्न आफूले भन्दै आएको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर